विराटनगर । विराटनगर १० स्थित संसारी माईस्थानमा रहेको संकल्प क्लासेसमा मेडिकल तर्फ एमबिबिएस, बिडिएस, बामस, नर्सिङ्ग तर्फ बिएससी नर्सिङ्ग , इन्जिनियरिङ र पारामेडिकल तर्फ बिफारमेसी, बिएमएलटि, बिअपटोमेट्रि , बिपिटि लगायतका प्रवेश परिक्षा तयारी कक्षा जेठ४ गते आईतबारदेखि नेशनल एकेडमी कलेजको भवनमा सञ्चालन हुने भएको छ।
उक्त तयारी कक्षा १२ मा विज्ञान संकाय र सिटिइभिटि अध्ययन गरेका विद्यार्थीहरुको लागि हुने संकल्प क्लासेसले जनाएको छ।
विराटनगरका विद्यार्थीहरु प्रवेश परीक्षाको तयारी गर्नका लागि काठमाडौँ जानुपर्ने बाध्यताको अन्त्य गर्दै विगत ५ वर्षदेखि विराटनगरमा तयारी कक्षा संचालनमा ल्याएको संकल्प क्लासेसका संचालक अकलेस साहले जानकारी दिए । प्रवेश परिक्षा तयारी कक्षाका लागि विद्यार्थीहरुको पहिलो रोजाईमा पर्न सफल संकल्पले छोटो अवधिमा काठमाडौँका नाम चलेका संस्थाहरु जस्तै विराटनगरमै तयारी गराएर धेरै विद्यार्थीहरुको नाम निकाल्न सफल भएको संचालक साहको दाबी छ। विगत ५ वर्षमा एमबीबीएस तर्फको परिक्षामा ३७ जना,बिडीएस तर्फ ९ जना, इन्जिनियरिङ तर्फ १० जना,बीएससीएजी तर्फ ७ जना ,बीएससी नर्सिङ्ग तर्फ ७ जना, बीएमएलटी तर्फ ४ जना,वि अप्टोमेट्रि तर्फ १ जना,बीएएसएलपी तर्फ १ जना, बीपीटी तर्फ १ बी फ़ार्मेसी तर्फ २ बीएससी एमआईटि तर्फ २ जना गरि जम्मा ८१ जना विद्यार्थीहरुले पूर्ण छात्रवृत्ति र अन्य धेरै विद्यार्थीहरुले पेइंग लिष्टमा नाम निकाल्न सफल भएको संकल्पले जनाएको छ।
विराटनगरमा उपलब्ध शिक्षक मध्ये उत्कृष्ट शिक्षकहरु, वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान,विराट मेडिकल कलेज विराटनगर,नोबेल मेडिकल कलेज,र काठमाडौँका चर्चित शिक्षक छनोट गरी अध्यापन गराइने भएकाले साथै एउटा कक्षामा सिमित विद्यार्थी राखेर व्यक्तिगत हेरचाह,प्रेरणा,मार्ग दर्शन र हौसलाका साथ अध्यापन गराउदा उत्कृष्ट नतिजा ल्याउन सफल भएको संकल्पको दाबी छ। धेरै जसो विद्यार्थीहरु Mock Test को लागि मात्रै काठमाडौँ बस्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै अहिले विराटनगरमा संकल्पले पनि प्रत्येक शनिबार Weekly Mock Test लिने गरेको संचालक साहले जानकारी दिए । उक्त Mock Test संकल्पका विद्यार्थीहरु, घरमै बसेर तयारी गर्ने विद्यार्थीहरु, कक्षा ११ र १२ मा अध्ययनरत सम्पूर्णले सहभागी हुन् पाउने संकल्पले जनाएको छ।
नियमित ४ घण्टा कक्षा,प्रत्येक शनिबार सीईई तर्फ २०० नम्बरको र आईओई तर्फ १०० नम्बरको मक टेष्ट(Mock Test), विद्यार्थी शिक्षक मैत्रीपूर्ण वातावरण र विद्यार्थीहरुमा मेहनत गरेर आफ्नो सपना साकार पार्न सक्ने भावना जगाएर अध्ययन गराउन सकेर मात्र संकल्प पछिल्लो ५ बर्ष देखि चिकित्सा शीक्षा आयोगले लिने एकिकृत प्रवेश परिक्षाको तयारी कक्षामा उत्कृष्ट हुन सफल भएको संचालक साहले बताए ।