विराटनगरको रानी नाकामा कडाई, गृहमन्त्रीको निर्देशनपछि सामान किनेर फर्कनेलाई चेक जाँच(भिडियोसहित)

<span class='c1'>विराटनगरको रानी नाकामा कडाई, गृहमन्त्रीको निर्देशनपछि</span> <span class='c2'>सामान किनेर फर्कनेलाई चेक जाँच(भिडियोसहित)</span>

प्रेम देवान
विराटनगर । गृहमन्त्री रमेश लेखकले केहीदिन अघि विराटनगरमा आएर सिमा नाकामा कडाई हुनुपर्छ भनेर सुरक्षाकर्मीहरुलाई कडा निर्देशन दिए । विराटनगरमा भएको कोशी प्रदेशको सुरक्षा गोष्ठीमा ३० दिनभित्र सीमा नाकामा कडाई हुनेगरी काम देखिएन भने गृहमन्त्रालयले आफै एक्शन लिने भनेर बोलेका थिए । उनले यस्तो बोल्नुमा यहाँका उद्योगी–व्यवसायीको गुनासो थियो, सीमा क्षेत्रबाट अवैध चोरी पैठारीले हैरान पारेको छ । गृहमन्त्रीसँग यस्तो गुनासो गरेका उद्योगी–व्यापारीको माग अनुसार सुरक्षा गोष्ठीमा लेखकले भने–३० दिनभित्र तस्करी नरोकिए गृहमन्त्रालयले एक्सन लिन्छ ।

गृहमन्त्रीको कडा निर्देशनपछि शुक्रबारदेखी रानी जोगवनी नाकामा कडाई हुन थालेको हो । भारतको जोगवनी बजारमा गएर सामान ल्याउनेहरुलाई सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म रानी विराटनगर, सिमा चौकी र ईलाका प्रहरी कार्यालय रानी विराटनगरकाबाट खटिएका सुरक्षाकर्मीहरुले कडाई गर्न थालेका हुन् ।

जिल्ला प्रशासन कार्यलय र भन्सार कार्यालयले पनि नाकामा खट्ने सुरक्षाकर्मी तथा कर्मचारीलाई कडाई गर्नुभनेपछि अहिले विगतको भन्दा कडाई हुन थालेको छ । सिमा नाकामा सुरक्षा फौजको संख्या पनि केही मात्रामा थपेको छ । एक हजार भन्दा बढी मूल्यका सामानेलाई अनिवार्य भन्सार शुल्क कटाउन लगाउने गरेको छ । भारतले पनि सीमा क्षेत्रमा सुरक्षा चासो राख्दै नेपालबाट भारत प्रवेश गर्ने नागरिकलाई कडाई गर्न थालेको छ । दैनिक रूपमा जोगवनी बजारमा सामान खरिद गर्न जाने नेपालीहरूको भीडले गर्दा नेपालबाट करोडौं रुपैयाँ भारततर्फ गइरहेको अवस्थामा नेपाली व्यापारीहरूले बजारमा ग्राहक अभावको गुनासो गर्दै आएका छन् ।

भन्सार नाका यसरी गरिएको कडाईले यता नेपाली बजारका व्यापारीहरु खुशी देखिएका छन् भने भारतबाट भन्सार छलेर ओसार पसार गरेर ल्याउने केही क्यारिङ समुहले भने असन्तुष्टी जनाएका छन् ।

राज्यले गरेको कडाई प्रति आम सर्वसाधरण पनि खुशी देखिएका छन् । भन्सार जस्तो ठाँउमा कडाई हुनुपर्ने उनीहरुको माग छ । तर प्रशासनले भने यसलाई निरन्तरता दिने हो या विचैमा विट मार्ने हो त्यो हेर्न भने बाकी छ ।

भिडियो हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्