‘बजाज पल्सर एन १२५’ आज विराटनगरमा सार्वजनिक हुँदै, सुगम पोखरेलसहितका कलाकारको प्रस्तुति रहने

<span class='c1'>‘बजाज पल्सर एन १२५’ आज विराटनगरमा सार्वजनिक</span> <span class='c2'>हुँदै, सुगम पोखरेलसहितका कलाकारको प्रस्तुति रहने</span>

विराटनगर । विराटनगरको महावीर चोकमा आज (सोमबार) बेलुकी ६:३० बजेदेखि बजाज पल्सर N125 को भव्य सार्वजनिक कार्यक्रम हुने भएको छ।

नेपालको अटोमोबाइल क्षेत्रमा लोकप्रिय बजाज ब्रान्डले आयोजना गर्न लागेको यस कार्यक्रममा सर्वसाधारणको निःशुल्क प्रवेश रहनेछ।

कार्यक्रमलाई विशेष बनाउन नेपाली संगीत क्षेत्रका चर्चित कलाकारहरू सुगम पोखरेल, कमल क्षेत्री, उर्गेन छ्योम्बे वाइबा लगायतका कलाकारहरूले प्रस्तुति दिने कार्यक्रम रहेको छ।

बजाज पल्सर N125 युवाहरूको रुचिलाई ध्यानमा राखेर डिजाइन गरिएको नयाँ मोडेल हो। यसमा 125cc को आधुनिक DTS-i इन्जिन, स्पोर्टी र एग्रेसिभ डिजाइन, LED DRLs र प्रोजेक्टर हेडल्याम्प, डिजिटल मीटर, USB चार्जिङ पोर्ट तथा सिंगल च्यानल ABS सिस्टम जस्ता विशेषताहरू समावेश गरिएको छ।

बजाज पल्सर सिरिजप्रति युवाहरूको अत्यधिक आकर्षणलाई मध्यनजर गर्दै बजारमा ल्याइएको यो N125 मोडेलमा नवीनतम प्राविधिक विशेषता र आकर्षक डिजाइनको उत्कृष्ट संयोजन रहेको छ।

आयोजकले मोटरसाइकल प्रेमी तथा संगीत रसिकहरूलाई कार्यक्रममा सहभागी भई पल्सर N125 को पहिलो झलक हेर्न र कार्यक्रमको मज्जा लिन आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्