विराटनगरका सुयेश प्याकुरेलले जिते छैटौँ चेयरमेन एमेच्योर गल्फ टुर्नामेन्टको उपाधि

<span class='c1'>विराटनगरका सुयेश प्याकुरेलले जिते छैटौँ</span> <span class='c2'>चेयरमेन एमेच्योर गल्फ टुर्नामेन्टको उपाधि</span>

विराटनगर । धरानको निर्वाणा कन्ट्री क्लबमा भएको छैटौँ चेयरमेन एमेच्योर गल्फ टुर्नामेन्टको उपाधि विराटनगरका सुयेश प्याकुरेलले जितेका छन्।

स्ट्रोक प्लेका आधारमा खेलाइएको १८ होलको खेलमा प्याकुरेलले उपाधि जितेका हुन्।

यस्तै बलबहादुर राई दोस्रो हुँदा भीम दाहाल तेस्रो भएका छन् । यस्तै जुनियरतर्फ आयुसं बास्फोर विजेता बन्दा रेगम लिम्बू र सिद्धार्थ राई क्रमशः दोस्रो र तेस्रो भएका छन् । खेलमा मोस्ट बर्डिज गजेन्द्र लिम्बू, क्लोजेस्ट टु दी पिन दिवस तुलाधर घोषित भए । विजेताहरूलाई विभिन्न इलेक्ट्रोनिक्स सामानहरू उपलब्ध गराइएको धरान-१९ का वडाध्यक्ष पूर्ण लिम्बूले जानकारी दिए । यस्तै लङ्गेस्ट ड्राइभमा रितेश तामाङ, मोस्ट बर्डिजमा गजेन्द्र लिम्बू घोषित भएका छन् । सिनियरतर्फ जगमोहन राई र विजय राई क्रमशः पहिलो र दोस्रो भए । यता ग्रस विजेतातर्फ सुमन परियार र पदमहाङ लिम्बू क्रमशः विजेता र उपविजेता भएका छन् ।

विजेताहरूलाई कार्यक्रमका प्रमुख अतिथि एसएसपी भीम दाहाललगायत विभिन्न वडाका वडाध्यक्षहरूले पुरस्कार वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्