विराटनगर। भिजनमेड प्रिप्रेसन हब, विराटनगरमा कोशी प्रदेशमै पहिलो पटक ओपन मेडिकल लाईब्रेरीको व्यवस्थापन भएसंगै उद्घाटन समारोह सम्पन्न भएको छ ।
भिजनमेडले एक पाठ, एक शिक्षक, ओ एम आर स्कानरबाट परिक्षाको नतिजा प्रकाशन, दैनिक र साप्ताहिक मोक टेस्ट, प्रत्येक पाठको सवाल-जवाफ कक्षा, स्कोर वृद्धि र तनाव व्यवस्थापनको लागि व्यक्तिगत परामर्श, अनुभवी डाक्टर र शिक्षक टोलीद्वारा ईण्ट्रान्स तयारी कक्षाहरु आजदेखि संचालनमा ल्याएको छ।
उक्त उद्घाटन समारोहमा ब्रह्मकुमारी विश्वविद्यालय कोशी प्रदेशका संचालिका गीता दिदीबाट भएको थियो। समारोहमा कोशी प्रदेशका सांसद भीम पराजुलीले अब चिकित्सा शिक्षा आयोगले लिने एकीकृत प्रवेश परीक्षाको तयारी कक्षाका लागि काठमाण्डौ जस्तै गुणस्तरीय तयारी कक्षा विराटनगरको भिजनमेडमा हुने र संघियताको कुरालाई उजागर गर्दै आगामी दिनमा चिकित्सा शिक्षा आयोगले लिने एकीकृत प्रवेश परीक्षाको केन्द्र विराटनगरमा हुनु पर्ने कुरामा जोड दिए।
भिजनमेडका डाइरेक्टर पवन साहले कोशी प्रदेशमा चार वटा मेडिकल कलेज रहेकोले विराटनगरलाई चिकित्सक क्षेत्रको तयारी कक्षाको केन्द्र बनाउने पर्ने कुरामा जोड दिदै तयारी कक्षाको लागि निर्धक्क भएर भिजनमेडसंग जोडिन सबै विद्यार्थी र अभिभावकहरुलाई अनुरोध गरे।
उक्त कार्यक्रममा कान्तिपुर कलेजका प्रधानाध्यापक भुवन नेपाल, ग्रीनल्याण्ड कलेजका प्रधानाध्यापक दिनेश दाहाल, बनस्पति शास्त्रका प्रा डा टि एन मण्डल, डा रिति साह, राधा अधिकारी ढकाल, प्राणी शास्त्रका नारायण रेग्मी, रसायन शास्त्रका शिव कुमार यादव, कृष्ण भण्डारी, हिमाल बराल; भौतिक शास्त्रका निरोज श्रेष्ठ, अभिषेक साह, अंग्रेजी विषयका प्रमोद यादव, ओम प्रकास राजबंशी, गणित विषयका पिताम्बर लुईटेल, अनिश महत लगायत २०० भन्दा बढी शिक्षक/शिक्षिकाहरुको उपस्थिति रहेको कार्यक्रम संयोजक तुलसी यादवले जानकारी दिए।