विराटनगरमा अपाङ्गता अधिकार : पूर्वाधारमा बढाउँदै पहुँचयुक्तता, व्यवसायमा जोडेर जीविका

<span class='c1'>विराटनगरमा अपाङ्गता अधिकार : पूर्वाधारमा</span> <span class='c2'>बढाउँदै पहुँचयुक्तता, व्यवसायमा जोडेर जीविका</span>

विराटनगर । विराटनगर महानगरपालिकाले अपाङ्गतामैत्री भौतिक संरचना निर्माणलाई प्राथमिकतामा राखेको छ । महानगरपालिकाले आफ्नो भवन परिसरलाई पहुँचयुक्त बनाएको छ । योसँगै महानगरपालिकाले सहायता कक्ष स्थापना गरेर पहुँचयुक्त ¥याम्पसहित कार्यालय प्रवेशमा सहजीकरण गरेको हो ।

महानगरपालिकामा सेवा लिने पुगेका अपाङ्गता भएका व्यक्तिहरुका लागि शौचालय र त्यहाँसम्म पुग्ने बाटो समेत पहुँछयुक्त रहेको सामर्थ समाज मोरङका अध्यक्ष चेतनाथ पोखरेल बताउँछन् । उनका अनुसार पहिलो कार्यकाल भन्दा दोस्रो कार्यकालमा आएका जनप्रतिनिधिले अपाङ्गता भएका व्यक्तिहरुको अधिकारका क्षेत्रमा सहजीकरण गरिरहेका छन् ।

महानगरपालिकाले नयाँ निर्माण गरिरहेका भवनहरुलाई समेत आधारभूत रुपमा पहुँचयुक्त बनाउने गरेको पोरखेलले जानकारी दिएका छन् । उनले नयाँ बनेका वडा कार्यालयहरु पहुँचयुक्त बनेको र पुराना भवनमा समेत सुधार गर्दै लगेको बताएका हुन् ।

महानगरपालिकामा ३ हजार ४६८ जना अपाङ्गता भएका नागरिकहरु रहेको तथ्यांक रहेको छ । अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सुनिश्चित गर्न महानगरपालिकाले पछिल्लो समय लिएका कतिपय निर्णयले लक्षितहरुलाई सहज हुँदै गएको हो ।
महानगरपालिका महिला बालबालिका तथा समाजकल्याण शाखा अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरुको दैनिक जीवनमा सहजीकरण हुँदै आएको छ । उनीहरुलाई आवश्यक पर्ने सहायक सामाग्री उपलब्ध गराउनेदेखि व्यवसाय गर्न समेत अनुदान सहयोग उपलब्ध गराउँदै आएको सामाजिक विकास महाशाखा प्रमुख मन्जु लोहनी बताउँछिन् ।

अपाङ्गता भएका व्यक्तिहरुको दैनिक जीवन सहजीकरणका लागि उनीहरुलाई सहायक सामाग्रीहरुको जरुरत पर्दछ । यसका लागि महानगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई यस्तो सामाग्री उत्पादन गर्दै आएको सिबिआरमार्फत त्यसको व्यवस्थापन गर्दै आएको विराटनगर महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्कीले जानकारी दिइन् ।

आवश्यकता अनुसार डाइपर, सेतो छडी, ट्वाइलेट चियर, स्पेशल ह्विल चेयर, बैशाखी, वाकर, सिपी चियर, लठ्ठी, चारखुट्टे लठ्ठी, ए.एफ.ओ., कृतिम खुट्टा, कानको हेयरिङ ऐड, ह्विल चेयर उपलब्ध गराउँदै आएको छ । यसका लागि सिविआरले उत्पादन गर्ने त्यहाँबाट र बाँकी खरिद प्रक्रियाबाट व्यवस्थापन गरिदै आएको हो ।

विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्षमा मात्रै पूर्ण अशक्त (रातो) ११ महिला र ३९ पुरुष गरी ५० जना, अति अशक्त (निलो) २३ महिला र ३४ पुरुष, मध्यम (पहेंलो) १० महिला र १६ पुरुष, सामान्य (सेतो) १ महिला र ९ पुरुष समेत गर्दा गरी १४२ जनालाई कार्ड उपलब्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्