विराटनगरमा एक महिने साकेला नाच तथा राई भाषा प्रशिक्षण तालिम सम्पन्न

<span class='c1'>विराटनगरमा एक महिने साकेला नाच तथा</span> <span class='c2'>राई भाषा प्रशिक्षण तालिम सम्पन्न</span>

विराटनगर । विराटनगरमा बसोबास गर्दै किराँत राई ‘चाम्लिङ एवं बाहिङ (बायुङ) हरुको भाषा तथा साकेला सिली नाच सम्बन्धी एक महिने तालिम सम्पन्न भएको छ ।

किराँत राई यायोक्खा नगर कार्य समितिको आयोजना तथा कोशी प्रदेशको सहयोग र विराटनगर महानगरपालिकाको समन्वयमा गत वैशाख ९ गतेबाट तालिम सुरु भएको थियो । किराँत राई समुदायको मौलिक भाषा, संस्कृति र परम्पराको संरक्षण, प्रवद्र्धन र पुस्तान्तरण गर्ने उद्देश्यले ‘चाम्लिङ एवं बाहिङ (बायुङ) भाषा तथा साकेला सिली नाचको तालिम प्रदान गरिएको नगर अध्यक्ष विष्णु राईले जानकारी दिए।

चाम्लिङ भाषाका लागि जीतमान राई र कालभान राई, बाहिङ भाषाका लागि प्रताप बाहिङ र राजवीर बाहिङले प्रशिक्षण दिएका थिए। भने साकेला सिली नाचको मनिता राई र सनम राईले प्रशिक्षण दिएका थिए । समापन कार्यक्रमलाई सम्बोधन गर्दै विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले एक महिनासम्म सिकेका कुरालाई बोलीचाली र व्यवहारमा निरन्तरता दिन पनि आग्रह गरे । महानगरका अन्य आदिवासी जनजाती समुदायका जातिय संस्थाहरुलाई पनि महानगरले भाषा लिपि एवम संरक्षणका लागि सहयोग गर्दै आएको बताए । महानगरले हरेक बर्ष बजेट नै निकासा गरी यहाँ रहेका आदिवासी जनजातीहरुको धर्म सस्कृतीलाई जर्गेना गर्नको लागि कटिवद्ध रहेको समेत मेयर कोईरालाले प्रतिवद्धता जाहेर गरे ।

समापन कार्यक्रममा विराटनगर–११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपाने, पूर्वउपमेयर भूराज राई, किरात याक्थुङ चुम्लुङका नगर अध्यक्ष टीका लिम्बू ‘कुमार’, नेपाल आदिवासी जनजाति महासंघका नगर अध्यक्ष सुरेश सिंह गनगाई, नेपाल तामाङ घेदुङ महानगर अध्यक्ष विष्णुकुमारी तामाङ लगायतले भाषा, संस्कृति तथा परम्परागत ज्ञानको संरक्षणमा यस्ता प्रशिक्षणहरूको भूमिका महत्वपूर्ण हुने बताउदै सहभागीहरूप्रति बधाई तथा शुभकामना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्