विराटनगरमा १८७ मध्ये चालुअवधीमा १७२ योजना कार्यान्वयनमा

<span class='c1'>विराटनगरमा १८७ मध्ये चालुअवधीमा</span> <span class='c2'>१७२ योजना कार्यान्वयनमा</span>

विराटनगर । विराटनगर–५ निवासी चुन्नु सिंहले आफ्नो व्यक्तिगत जग्गामा बलजफ्ती सडकको नाला निर्माण गर्न चाहेको भन्दै न्यायिक समितिमा त्यसलाई सच्याई दिन माग गर्दै उजुरी दिइन् । न्यायिक समितिमा परेको मुद्दामा सिंहको जग्गा र घरलाई नचलाईकन सडक निर्माण गर्ने फैसला सुनायो । न्यायिक समितिले दिएको निर्देशन त वडाले अस्वीकार गर्दै १७ फिटको बाटो निर्माणका लागि उनको जग्गामा होली खन्यो । स्थानीय न्यायिक समितिको फैसला बिरुद्ध व्यक्तिको जग्गामा संरचना बनाउन तयारी गरेपछि उनी अदालत गइन् । मुद्दा बिचराधिन रहेको बेला पुनः वडा र उनीबीच सहमति भयो ।

विराटनगर–४ की पुष्पा गजुरेलले सडक निर्माण गर्ने ठेकेदारले बाटो घुमाएको भन्दै त्यसको यकिन गरिदिन माग गरिन् । न्यायिक समितिमा आएको यो निवेदन उपर पनि मिलापत्र गराएर सीमा भित्र बाटो निर्माण गर्ने सहमति भयो । यस्तै विराटनगर–१२ का दिपक कर्णले जग्गा अतिक्रमण गरेर वडा कार्यालयले बाटो निर्माण गरेको भन्दै न्यायिक समितिलाई गुहारे । त्यो मुद्दापनि अदालतसम्म पुगेको छ ।

माथि उल्लेखित घटनाहरु विराटनगर महानगरपालिकामा योजना उल्झनका क्रममा देखिएका समस्या हुन् । महानगरपालिकासँग स्थानीयले योजना माग गर्ने, त्यसका लागि बजेट प्रवन्ध गर्ने तर कार्यन्वयनका चरणमा जाँदा समस्या पनि सिर्जना हुने गरेका छन् । जसमा सामान्य विवाद भए वडा कार्यालयमार्फत निरुपण गर्ने प्रयास गरिन्छ । वडाले गरेको प्रयत्न असफल भए न्यो न्यायिक समितिसम्म आउने गरेको छ ।
न्यायिक समिति उपप्रमुख शिल्पा निराला कार्कीका अनुसार योजना कार्यन्वयनमा उल्झन आएपनि त्यसले लामो समयसम्म अवरोध पु¥याउने गरेको छैन । न्यायिक समितिमा आएका उजुरी उपर अवस्था हेरेर न्यायपूर्ण निर्णय गरिदैं आएको उनले सुनाइन् ।

विराटनगर महानगरपालिका शहरी पूर्वाधार तथा योजना महाशाखा प्रमुख अर्जुन थापाका अनुसार वडास्तरीय, नगरस्तरीय र बहुवर्षेस्तरका पूर्वाधार निर्माणमा सामान्य समस्या बाहेक कार्यन्वयनमा समस्या छैन । योजना कार्यन्वयनमै उल्झन बढाएर असफल भएका संख्या नगन्य मात्रै रहेका छन् । उनले नागरिकले विकासमा सहजीकरण गर्दै आएकोले अदालतसम्म मुद्दा पुगेर निर्माण अवरोध हालसम्म बेहोर्नु नपरेको सुनाए ।
इन्जिनियर थापाका अनुसार चालु आर्थिक वर्षमा १८७ वटा नगरस्तरीय मध्ये १७३ योजना सम्झौता भएर कार्यन्वयनका चरणमा रहेका छन् । बजेट व्यवस्थापन भएकामध्ये ९२ प्रतिशत हाराहारीका योजना कार्यन्वयनमा हुनु सकारात्मक भएको उनले सुनाए । थापाले पछिल्लो समय निर्माणको गुणस्तरमा नागरिक खबरदारी बढेको समेत सुनाए । दैनिक फिल्डमा हुने नागरिकले निर्माणका क्रममा त्रुटी देखिए तत्काल जानकारी गराउने र त्यसपछि अनुगमन गरेर सच्याउने गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्