विराटनगरको आरके सिटी सेन्टर कुमारी बैंकद्वारा लिलाम सकार

<span class='c1'>विराटनगरको आरके सिटी सेन्टर</span> <span class='c2'>कुमारी बैंकद्वारा लिलाम सकार</span>

विराटनगर । विराटनगर–८ हाटखोलामा पाँचवर्ष अगाडी खुलेको आरके सिटी सेन्टर बैंकले लिलाम सकार गरेको छ । व्यापारिक मल चल्न नसकेपछि अस्पताल सञ्चालनमा ल्याउने तयारीमा लगानीकर्ता थिए । तर, कुमारी बैंकले यसलाई लिलाम सकार गरेको हो ।

पचास हजार बर्गफिट क्षेत्रफलमा बेसमेन्टसहित ८ तलाको भवनमा २०७६ फागुनदेखि सिटी सेन्टर सञ्चालनमा आएको थियो । तर, नचलेपछि गतवर्ष नै सिटी सेन्टरको व्यवस्थापनले किचनवेयर, फर्निचर, होम डेकोर, इलेक्ट्रोनिक्स लगायतका सबै सामानहरू भारी छुटको अफर दिएर विक्री गरेको थियो । आठौँ तलाको स्विमिङ पुल र छैठौँ र सातौँ तलाको मल्टिप्लेक्स सिनेमा हल कहिल्यै सञ्चालनमा नआईकन सिटी सेन्टर बन्द भएको हो ।

व्यवसायी सुनिल शर्माको साझेदारीमा आरके सिटी सेन्टर सञ्चालनमा आएको थियो । तर, बैंकको ऋण तिर्न नसकेपछि लिलामी भएको हो । कुमारी बैंकले लिलाम सकार गरेपछि त्यसलाई बिक्री प्रक्रियामा राखेको छ । परियोजनाको नाममा ऋण लगानी गरेको बैंकले आरके सिटी सेन्टर, त्यसले चर्चेको जग्गा  लिलामी गरेर आफ्नो नाममा लगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्