विराटनगर । नेपालका लागि महिन्द्राको युटिलिटी गाडीहरूको आधिकारिक वितरक अग्नि इन्करपोरेटेड प्राइभेट लिमिटेडले नेपालमै पहिलो श्रेणीमा उत्कृष्ट १.७ टन भार क्षमता भएको नयाँ महिन्द्रा बोलेरो पिक–अप सार्वजनिक गरेको छ ।
नेपालको व्यावसायिक सवारी साधन बजारमा आफ्नो सशक्त उपस्थितिलाई अझ सुदृढ बनाउँदै अग्निले १.७ टन भार क्षमता भएको नयाँ महिन्द्रा बोलेरो पिक–अप फ्ल्याटबेड १.७ सार्वजनिक गरेको हो ।
कम्पनीले काठमाडौं (गैरीधारा), पोखरा, विरगञ्ज, चितवन र विराटनगरको महिन्द्रा सोरुमहरूमा आइतबार औपचारिक रुपमा उक्त बोलेर सार्वजनिक गरेको हो । महिन्द्रा बोलेरो १.७१ ले उत्कृष्ट ड्यूरेबिलिटि (टिकाउपन) र पर्फमेन्सको लागि नेपाललगायत विश्वबजारमा परिचित रहेको बोलेरो ब्रान्डको विरासतलाई निरन्तरता दिएको छ । नयाँ १.७१ ओरियन्ट, नेपालमा अझ बलियो र अझ बढी क्षमतायुक्त युटिलिटि गाडीको बढ्दो मागलाई ध्यानमा राख्दै निर्माण गरिएको पिक–अप हो ।
महिन्द्रा बोलेरो पिक–अप १.७१ ले नेपालमा व्यावसायिक तथा युटिलिटि सवारीको क्षेत्रमा एक नयाँ स्तर निर्धारण गरेको छ भने हरेक व्यवसायीहरुलाई हरेक किसिमको रोडमा साथ दिने प्रतिबद्धता गरेको छ । ६३ विएचपिको पावर र १९५ न्युटन मिटरको टके दिने २.५ लिटरको ’एमटु–डिआइ–सिआर’ डिजेल इन्जिन रहेको नयाँ महिन्द्रा बोलेरो पिक–अप १.७१. उत्कृष्ट पर्फमेन्स र युटिलिटिका लागि विभिन्न विशेषताहरुले भरिपूर्ण रहेको छ ।
यसमा ९ फिट लामो कार्गोबेड, बलियो डबल बेयरिङ एक्जिल, र९ पाता भएको स्पिड सस्पेन्सनले गर्दा यसले भारी लोडमा पनि अटल पर्फमेन्स सुनिश्चित गर्दछ। साथै श्रेणीमा उत्कृष्ट माइलेजले गर्दा उत्कृष्ट पर्फमेन्ससँगै राम्रो इन्धन कुशलता (क्युल–इफिसियन्सि) पनि सुनिश्चित गर्दछ । यसका साथै इन्टेरियरमा आराम र सहजताको लागि फराकिलो को–ड्राइभर सिट, ड्राइभरको लागि रिक्लाइनर सिट र हेडरेस्ट आदि विशेषताहरू समावेश रहेका छन् । महिन्द्रा बोलेरो पिक–अप १.७१. नेपाली ग्राहकहरुका लागि २५ लाख ६५ हजार (१५ लाख ६५ हजार) को विशेष लन्च मूल्यमा उपलब्ध रहेको छ । अग्नि ग्रुपले ग्राहकहरुको लागि नयाँ पिक–अप खरिद गर्न अझ सजिलो बनाउँदै अग्नि ग्रुप अन्तर्गतकै कम्पनि अग्नि हायर पर्चेजमाफेल सहज वित्तीय सुविधाहरु उपलब्ध गराएको छ ।
यसअन्तर्गत ७० प्रतिशतसम्म फाइनान्सिङ, १ दिनमै छिटो कर्जा निर्णय, ९.९९० प्रतिशतको को प्रतिस्पर्धात्मक ब्याजदर, शून्य प्रोसेसिङ शुल्क तथा सहज कागजात प्रक्रिया आदिको लाभ लिई सजिलै पिक–अप खरिद गर्न सकिनेछ ।
वितीय सुविधामा स्वरोजगार (सेल्फ इम्प्लोयड) नेपालीहरुलाई विशेष प्राथमिकता दिइनेछ । त्यसैगरी, अग्नि ग्रुप अन्तर्गतको कम्पनि अग्नि आस्था प्रालिमार्फत ग्राहकले उत्कृष्ट मूल्याङ्कनसहित र झञ्झटमुक्त प्रक्रियामा आफ्नो पुरानो गाडीसँग नयाँ महिन्द्रा बोलेरो पिक–अप १.७१ एक्सचेन्ज गर्न सक्नेछन् । महिन्दा बोलेरो पिकअप, व्यावसायिक सवारी अन्तर्गत नेपालकै बेस्ट–सेलिङ पिक–अप (नम्बर एक पिक–अप) को रुपमा स्थापित छ । वर्षौंदेखि नेपाली ग्राहकहरुको विश्वास जित्न सफल, अग्नि ग्रुपले, अधिक भार क्षमता, बलियो र गुणस्तर रहेको नयाँ १.७१ भेरियन्ट सार्वजनिक गर्दै व्यावसायिक सवारीको क्षेत्रमा एक नयाँ मापदण्ड तय गरेको छ ।