विराटनगर । नेपाल टी-१० क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणको फाइनल खेल विराटनगरस्थित ज्वाला क्रिकेट मैदानमा मंगलबार राति ७ बजे हुने भएको छ ।
जेठ ४ गतेदेखि संचालन भएको प्रतियोगिता वर्षाका कारणले आज(सोमबार) हुने भनिएको फाइनल खेल मंगलबारका लागि सारिएको हो।
उक्त प्रतियोगिताको फाइनल खेल बीसीसीए र एनबीएससी बीच हुने भएको छ।
विराटनगर महानगरपालिका वडा नम्बर ६ कार्यालयले आयोजना गरिएको प्रतियोगितामा ७ वटा टिमको सहभागीता रहेको आयोजकले जनाएको छ। यस प्रतियोगिताले नेपाली क्रिकेटको विकासमा थप टेवा पुग्ने विश्वास आयोजकले लिएको छ ।
पहिलो संस्करणको टी-१० क्रिकेट प्रतियोगिताको उपाधि वाइआरसिसि विराट ब्लास्टर्सले जितेको थियो।
फोटो:फाइल