नेपालमै खरिद गरेको कपडा विराटनगर भन्सारको नियन्त्रणमा, खरिद गरेभन्दा धरौटी रकम बढी

<span class='c1'>नेपालमै खरिद गरेको कपडा विराटनगर भन्सारको</span> <span class='c2'>नियन्त्रणमा, खरिद गरेभन्दा धरौटी रकम बढी</span>

विराटनगर । विराटनगर–१५ स्थित यूनिक फेसन उद्योगले प्रिन्टका लागि चलान गरेको ९१० थान कपडा भन्सार कार्यालयले गत बैशाख ३१ गते पक्राउ गरियो । सिटी सफारीमा विराटनगर बरगाछी पठाएको साना बाटोमै पक्राउ परेपछि भन्सार कार्यालय पु¥याइयो । उद्योगले कच्चा कपडा न्यू नारायणी इन्टरनेशलबाट खरिद गरेर भिसिटिएससहितको बिलबिजक जारी भएको थियो । तर, उद्योगले कच्चा कपडा खरिद गरेर रेडिमेड कपडामा प्रिन्टका लागि पठाएको थियो ।

प्रिन्ट गर्न पठाएको कपडासँगै उद्योगको चलान रहेको थियो । भन्सारले कपडा नियन्त्रणपछि उद्योगसँग बाँकी बिलबिजक नमागी कार्यालयमा पु¥याएको थियो । त्यहाँ पु¥याएपछि उद्योगका सञ्चालक पुगे । पुग्दा बिलबिजक बुझाउन भनियो । नेपालमै खरिद गरेको कपडाको बिल तथा भिसिटिएस समेत बुझाउँदा समेत सामान छोड्न मानेन । एकलाख चार हजारको सामान खरिद गरेर सिलाई गरेर तयारी पोशाक बनाएपछि प्रिन्टका लागि पठाइएकोमा भन्सारले नियन्त्रणमा लिएर एकलाख ३६ हजार ५०० धरौटी माग गरेको छ ।

एकलाख चार हजारको सामान पक्राउ गरेर एकलाख ३६ हजार ५०० धरौटी बुझाउनुपर्ने भएपछि उद्योगी अहिले न्याय माग्दै हिडिरहेका छन् । पक्राउ सामान बारे प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठसँग हारगुहार गर्दा उनले त्यहि (सामान पक्राउ परेको ठाउँमा) ‘सटआउट गर्नुपर्ने थियो भन्ने जवाफ दिएका थिए । तर, सामान जफत गरेर धरौटी माग गरिएपछि उद्योगीले के गर्ने भनेर सोच्न नसकेको बताउँछन् ।

उद्योगका सञ्चालक जमसेद मास्टर हुन् । उनका प्रतिनिधि मिराज अन्सारीले भन्सारले अनावश्यक दुःख दिएको गुनासो गरे । अन्सारीका अनुसार भनेको सबै प्रमाण दिदाँ समेत मुद्दा चलाएर गरिखान नदिएको आरोप लगाए । प्रमुख भन्सार अधिकृत श्रेष्ठले समान पक्राउ परेपछि बिलबिजक जारी गरेको दावी गरे । उद्योगले २८ गते माइक्रो टालसन मिक्स फेब्रिक ९० केजी र कटन सिन्केर कम्बेड ९० केजी गरिद गरेको बिलमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्