इन्दु साह
विराटनगर । समाजमा अझै धामी, झाँक्रीमा विस्वास छ । । तर, कतिपय नागरिक यहि कारण ठगिने र हिंसामा पर्दछन् । धामी, झाँक्रीले विरामी निको पार्न गर्ने झारफुकका लागि अपनाउने विधि अहिलेसम्म वैज्ञानिकले सहि छ भनी पुष्टि गरेको पाईएको छैन । तर, धार्मिक आस्था राख्नेले धामी, झाँक्रीले गर्ने झारफुक विधिमा विश्वास गर्दछन् ।
गाउँमा मात्रै चल्छ धामी–झाँक्री झारफुक विधी शहरमा समेत उतिकै देखिन्छ । विराटनगर महानगरपालिकाबाट प्रहरीले झारफुकको बहानामा नाबालिकामाथि यौनदुव्र्यवहार आरोपमा एकजनालाई मंगलबार पक्राउ गरेको छ । ३५ वर्षीय मोहम्मद साबिर मोलवी (झारफुक गर्ने) ले झारफुकको बहानामा एक बालिकालाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । १५ वर्षिय बालिकालाई उनले यौन दुर्व्यवाहार गरेको भन्दै पीडित परिवारले प्रहरीमा जाहेरी दिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
विराटनगर महानगरपालिका ६ का साबिर विरुद्ध बालयौन दुव्र्यवहार आरोपमा अदालतबाट म्याद थप गरि अनुसन्धान थालिको मोरङ प्रहरीका प्रवक्ता बेदप्रकाश जोशीले जानकारी दिएका छन् ।
साबिरले पीडित बालिकाको घरमा झारफुक गर्ने बहानामा जाने गरेका थिए । बालिका विगत पाँच महिनादेखि डराउने, आत्तिने र बेहोस हुने समस्याबाट पीडित थिइन् । उनको उपचार गराउँदा निको नभएपछि ३-४ महिनादेखि धामीसँग झारफुकमा रहेकी थिइन् । चिकित्सकीय परीक्षणपछि बालिकामाथि यौन दुर्व्यवहार भएको आशंका पुष्टि भएपछि बालिकाले आफैं आफ्नो बाबुआमालाई घटनाबारे जानकारी दिएकी थिइन् । बालिकाले दिएको बयान र अभिभावकको उजुरीको आधारमा अनुसन्धान अघि बढाइएको छ । बालिकासँग लिएको बयान तथा अन्य प्रमाणका आधारमा आरोपी मोहम्मद साबिरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनलाई बाल यौन दुर्व्यवहारसम्बन्धी कसुरमा जिल्ला अदालत मोरङबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वेद प्रकाश जोशीले बाल यौन हिंसाको घटनालाई गम्भीरताका साथ अनुसन्धान भइरहेको जानकारी दिएका छन् । पीडित परीवारका अनुसार मोलवीले पहिलो पटक झारफुक गरेबापतको सेवा शुल्क भन्दै ७० हजार लिएका थिए । साथै पटक पटकको झरफुकमा थप रकम दिएको पिडित परिवारको भनाई छ । मोलवीले झारफुक गर्दा रातको १० बजे पछि मात्रै गर्ने गरेका थिए । साथै झारफुक गर्दा बालिकालाई मात्र कोठामा राख्ने गरेको आरोप छ ।