खानेपानी संस्थान विराटनगरमा हाकिम र वितरण प्रमुखबीच चरम विवाद (भिडियोसहित)

<span class='c1'>खानेपानी संस्थान विराटनगरमा हाकिम र</span> <span class='c2'>वितरण प्रमुखबीच चरम विवाद (भिडियोसहित)</span>

विराटनगर । नेपाल खानेपानी संस्थान शाखा कार्यालय विराटनगरका प्रमुख सन्तोष कुमार रौनियारका कारण फिल्डमा गएर काम गर्न असहज भएको वितरण प्रमुख दिपकुमार मण्डलले आरोप लगाएका छन् ।

मण्डल सव–ईन्जिनियर पाँचौ तहका कर्मचारी हुन् । तर लामो समयदेखी कार्यालय प्रमुख सन्तोष कुमार रौनियारले आफुलाई काम गर्न असहयोग गरेको भन्दै हारगुहारमा छन् । कार्यालयमा दुई वटा गाडी हुँदा पनि कार्यालय प्रमुखले एक्लौटी रुपमा चलाउने गरेको मण्डलको आरोप छ । विराटनगरका विभिन्न स्थानहरुमा खानेपानीका पाईप लाईनहरु फुटेका हुन्छन् । त्यसलाई मर्मत तथा सम्भार गर्न धेरै सामान लिएर जानुपर्ने भएकाले गाडी उपलब्ध नगराएको उनको आरोप छ । आफुले कार्यालयमा काम गर्ने अधिकारलाई समेत हस्तक्षेप गरेर एक्लौटि रुपमा काम संचालन गर्ने गरेको उनको भनाई छ । स्वतन्त्र रुपमा काम गर्ने वातावरण नदिएका कारण नै बजारमा धेरै ठाँउहरुमा काम रोकिएको छ उनले भने,‘हामीलाई कार्यालय प्रमुखले हरेक काममा अवरोध गर्ने गरेका छन् ।

लामो समयदेखी काम गर्न मलाई अफ्ठ्यारो भईरहेको छ ।’ खानेपानी संस्थानमा कार्यालय प्रमुख रौनियार र वितरण प्रमुख बीचको विवादले बजारमा धेरै काम रोकिएको आरोप छ । बजार क्षेत्रमा खानेपानीको पाईपलाईन फुटेका कारण दुई बीचको विवादले गर्दा समस्या आई परेको छ । आवर विराटनगरको टिम कार्यालयमा पुग्दा बाहिर राखिएको नागरिक वडापत्र पनि लथालिङ्ग अवस्था थियो। भने कार्यालयमा कर्मचारीहरु सरकारी पोसाक विना हाजिर हुने गरेका थिए ।

यता खानेपानी संस्थानका प्रमुख रौनियारले वितरण प्रमुखले लगाएको आरोपहरु सबै व्यक्तिगत रिसिवीका लागि गरेको हुन सक्छ । नितीगत कुरालाई व्यक्तिगत कुरामा ल्याएर विवाद गर्न खोजेको रौनियारले बताए । उनले भने, आफुले कार्यालयमा काम गर्ने वातावरण सधै बनाईदिएको छु , खै के कुरामा चित्त बुझ्दैन भको नभको कुरा लाएर बाहिर बोलेको छ । ‘बरु म आफै मण्डलसँग काम गर्न नसक्ने भएको छु ।’ काम गर्नको लागि मोटरसाईकल दिएकै छ सामान बोक्ने ठेला दिएकै छु अब यहाँ भन्दा पनि अरु के चाहिएको र, म हाकिमले भनेको कुरा नै नटेर्ने भएपछि मैले गाडीहरु नदिएको हो तर मोटरसाईल भने दिएकै छ । कार्यालयमा भएका कमी कमजोरीलाई सुधार गर्दै जाने रौनियारले प्रतिबद्धता जाहेर गरे ।

भिडियो हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्