दश महिनापछि पक्राउ परे विराटनगरमा किशोरी देखेपछि अश्लिल हर्कत गर्ने किशोर

<span class='c1'>दश महिनापछि पक्राउ परे विराटनगरमा किशोरी</span> <span class='c2'>देखेपछि अश्लिल हर्कत गर्ने किशोर</span>

इन्दु साह
विराटनगर । दश महिना अगाडी गत भदौ ११ गते विराटनगरका निकालिने रथयात्राको दिन सिटी सफारीमा दुई किशोरीलाई लक्षित गर्दै यौनजन्य अश्लिल गतिविधि गर्ने युवा उस्तै प्रकृतिको गतिविधि दोहोरियाएको आरोपमा पक्राउ परेका छन् । बिहीबार साँझ विराटनगर–३ को एक होटल बाहिर उनले किशोरीहरुलाई लक्षित गर्दै अश्लिल गतिविधि गरिरहेको अवस्थामा स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् ।

दश महिना अगाडीको भिडियोमा देखिएका तीनै युवाले फेरी उस्तै गतिविधि गरेको भिडियो प्रहरीसम्म पुगेको हो । विराटनगर-४ का वर्ष २१ का मासुम सैजाद रहेको खुलेको छ । मोरङ प्रहरीको नियन्त्रणमा रहेका युवक विरुद्ध प्रहरीले सुक्ष्म अनुसन्धान गर्ने जनाएको छ । उनी विरुद्ध मुद्दा चलाउने गरी घटनाका प्रमाणहरु जुटाइने प्रहरीको दाबी छ । उनले विभिन्न समयमा सार्वजानिक स्थलमा अश्लिल हर्कत गर्दै किशोरीहरुलाई ह्यारेस गर्ने गरेको गुनासो बारम्बार आइरहेको थियो। तर, ती युवक भने प्रहरीको नियन्त्रणमा पर्न सकेका थिएनन् ।

बिहीबार विराटनगर-३ मा युवतीहरुको सामु आफ्नो लिङ्ग समाउँदै हस्तमैथुन गरिरहेको अवस्थामा स्थानीयले उनलाई नियन्त्रणमा लिएर प्रहरीमा खबर गरेका हुन् । त्यसबेला समेत उनको हर्कतको भिडियो कैद गरिएको छ । पछिल्लो घटनामा देखिएका उनै युवक गत भदौ ११ गते रथ यात्राको दिन सिटी सफारीमा युवती सामु बसेर हर्कत गर्ने नै रहेको ठहर प्रहरीले गरिसकेको छ ।

प्रहरीले सार्वजानिक स्थलमा अश्लिल हर्कत गरेको कसुरमा प्रारम्भिक अनुसन्धान गर्ने भएको छ । तर, उक्त व्यक्तिले बारम्बार यस्तो गतिविधि गरिरहेकोले उनीबाट पीडित भएका वा घटना घटाइएका अन्य प्रकरण समेत हुनसक्नेतर्फ पनि प्रहरीले अनुसन्धान बढाउने भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वेद प्रकाश जोशीले उनी विरुद्ध अनुसन्धानको प्रक्रिया थालनी गरिने जानकारी दिएका छन् ।

सार्वजानिक भएको दश महिना अगाडीको भिडियोको सन्दर्भमा समेत प्रहरीले उनलाई केहिदिन खोजी गरेको दावी थियो । तर, दश महिनापछि उनी विराटनगरमा उस्तै प्रकृतिको हर्कत दोहोरियाउँदै हिडिरहेको अवस्थामा पक्राउ परेका छन् । मुलुकी अपराध संहिता २०७४ को दफा २२४ मा यौन दुर्व्यवहारलाई अपराध मानिएको छ । यस दफा अनुसार, कसैले कसैलाई यौनजन्य दुर्व्यवहार गरेमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था रहेको छ । मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ४ मा कुनै अपराधको सूचना प्राप्त भएमा प्रहरीले अनुसन्धान गर्नुपर्ने उल्लेख गरिएको छ। प्रहरीले यस्ता घटनाहरूमा तत्काल अनुसन्धान गरी कारबाही गर्नुपर्छ। उजुरीको पर्खाइमा बसेर काम नगरी स्वतः संज्ञानमा लिएर कारबाही गर्नु पर्छ, अन्यथा यस्ता घटनाहरू निरन्तर हुन सक्छन्। स्थानीय प्रशासन र प्रहरी यस प्रकारका घटनाहरू रोक्न र कानूनी कारबाही सुनिश्चित गर्न जागरूक हुनुपर्छ। यसका साथै स्थानीय नागरिकहरूको पनि सहयोग र जागरूकता आवश्यक हुन्छ। प्रहरीले पीडितहरूलाई उचित सहयोग र संरक्षण प्रदान गर्नुपर्छ। यस्ता घटनाहरू निरुत्साहित गर्न, पीडितलाई न्याय दिलाउन र दोषीहरूलाई कारबाहीको दायरामा ल्याउन प्रहरीले छिटो कदम चाल्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्