विराटनगर । किराँत याक्खा छुम्मा महानगर कार्य समिति विराटनगरको अध्यक्षमा प्रेम देवान (लुङवा) सर्वसम्मतले चयन भएका छन् ।
किरात याक्खा छुम्मा महानगर कार्य समितिको विराटनगरमा आज(शनिबार) सम्पन्न तेस्रो अधिवेशनले लुङवालाई सर्वसम्मतले अध्यक्षमा चयन गरेको हो ।

त्यसैगरी समितिको उपाध्यक्षमा बालकुमारी याक्खा , सचिवमा सतिस देवान , सह सचिवमा हुविन्द्रराज याक्खा , कोषाध्यक्ष लिना जिमी याक्खा र सह कोषाध्यक्षमा चन्द्रकला तुम्वा चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा विक्रम देवान , पुष्पकला देवान याक्खा , ईन्द्रमाया राई याक्खा , शान्ता सिखंडा याक्खा , लक्ष्मी याक्खा , चन्द्र कोङरेन याक्खा , निशा देवान याक्खा , नर्वदा याक्खा र युविना जिमी रहेका छन् । त्यसैगरी तस्रो अधिवेशनले ४ जना सल्लाहकार समेत चनय गरेको छ ।

सल्लाकारहरुमा विनादेवी जिमी , भुपेन्द्र देवान कानुनी सल्लाकार , प्रदिप देवान आर्थिक सल्लाहकार र विमला लिम्बुखिम रहेका छन् । नव निर्वाचित अध्यक्ष देवानले विराटनगरमा छरिएर रहेका याक्खाहरुलाई एक जुट बनाई आफ्नो भाषा ,लिपि ,धर्म ,सस्कार, सस्कृतिलाई जर्गेना गर्ने बताएका छन् । अहिलेको पुस्ताले आफ्नो धर्म सस्कृति विर्सदै गएकाले अहिलेका युवा पुस्ताले आफ्नो सस्कार सस्कृतिको जर्गेना गर्नुपर्ने देवानले औँल्याएका छन् । कार्यक्रममा किरात याक्खा छुम्माका पुर्व केन्द्रिय कोषाध्यक्ष भुपेन्द्र देवान , किरात याक्खा छुम्मा जिल्ला कार्य समितिका उपाध्यक्ष प्रमिला आङदेम्वे देवान , जिल्ला सदस्य शम्भु देवान , सल्लाकार प्रदिप देवान , विमला लिम्बुखिम लगायत याक्खा बन्धुहरुको अग्रज अगुवाहरुको सहभागिता रहेको थियो ।