कोशी प्रदेशस्तरीय अन्तर बैंक ब्याडमिन्टन प्रतियोगिताको उपाधि नेपाल राष्ट्र बैंकलाई

<span class='c1'>कोशी प्रदेशस्तरीय अन्तर बैंक ब्याडमिन्टन</span> <span class='c2'>प्रतियोगिताको उपाधि नेपाल राष्ट्र बैंकलाई</span>

विराटनगर । विराटनगरमा सम्पन्न नेपाल राष्ट्र बैंकले कोशी प्रदेशस्तरीय अन्तर बैंक ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेको छ ।

जेठ १६ र १७ गते विराटनगरको शहिद रंगशालाको कभर्ड हलमा सम्पन्न प्रतियोगितामा नेपाल राष्ट्र बैंकका रगेन्द्र साम्बा र सुजन कुमार विश्वकर्माको जोडीले उपाधि हात पारेका हुन् ।


बेष्ट अफ थ्री प्रारूपमा सम्पन्न फाइनल खेलमा उनीहरूले प्राइम कमर्सियल बैंक लिमिटेडका सोनाम लामा र भेषराज भुजेलको जोडीलाई २१–१८ र २४–२२ को सोझो सेटमा पराजित गरे। प्रतियोगितामा नेपाल बैंक लिमिटेड र राष्ट्रिय वाणिज्य बैंकले तृतीय स्थान प्राप्त गरे । प्रतियोगिता नेपाल राष्ट्र बैंकमा क्रियाशील तीनवटा कर्मचारी युनियन,नेपाल राष्ट्र बैंक कर्मचारी संघ, नेपाल वित्तीय संस्था कर्मचारी संघ, र नेपाल राष्ट्रिय कर्मचारी संगठनको संयुक्त आयोजनामा सम्पन्न भएको थियो।
२१ वटा बैंक तथा वित्तीय संस्थाका ३१ टिमको सहभागिता रहेको प्रतियोगितामा एभरेष्ट बैंक लिमिटेड मुख्य प्रायोजक थियो भने नविल बैंक, हिमालयन बैंक र कृषि विकास बैंक सहप्रायोजक तथा प्रभु बैंक सह–प्रायोजक रहेका थिए।

विजयी टिमहरूले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गरे। पुरस्कार वितरण नेपाल राष्ट्र बैंकका निर्देशक शैलेन्द्र रेग्मी, एभरेष्ट बैंक विराटनगर शाखा प्रमुख विनय घिमिरे र रेफ्री लव भक्त श्रेष्ठले गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्