मेरील्याण्ड कलेजले बिबिएस चौथो वर्षका विद्यार्थीहरूलाई गर्‍यो बिदाई

<span class='c1'>मेरील्याण्ड कलेजले बिबिएस चौथो</span> <span class='c2'>वर्षका विद्यार्थीहरूलाई गर्‍यो बिदाई</span>

विराटनगर । विराटनगरस्थित मेरील्याण्ड कलेजले बिबिएस चौथो वर्षका विद्यार्थीहरूलाई भव्य बिदाई कार्यक्रमको आयोजना गरेको छ। पर्पल हेज रेष्टुरेन्टमा आयोजित उक्त कार्यक्रममा विद्यार्थीहरूलाई मायाको चिनोसहित बिदाई गरिएको थियो।

कार्यक्रमको बारेमा जानकारी दिंदै कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले भने, "आजको यो बिदाई कार्यक्रम हाम्रा प्रिय विद्यार्थीहरूका लागि एक विशेष क्षण हो। उनीहरूले चार वर्षको कडा अध्ययन पूरा गरेर आफ्नो शैक्षिक यात्रामा नयाँ मोड लिन लागेका छन्।"

प्रिन्सिपल ढकालले थप भने, "यी विद्यार्थीहरूले आफ्नो भविष्यमा सफलता हासिल गर्नेछन् भन्ने हामी विश्वास गर्छौं। उनीहरूले जहाँ गए पनि मेरील्याण्ड कलेजको नाम उज्यालो बनाउनेछन्।"

कार्यक्रममा विद्यार्थीहरूले पनि आफ्ना शिक्षकहरू र कलेज प्रशासनप्रति कृतज्ञता व्यक्त गरेका थिए। उनीहरूले कलेजमा बिताएका चार वर्षका सुनौला क्षणहरूलाई सम्झना गर्दै भविष्यमा सफल हुने प्रतिबद्धता जनाएका थिए।

बिदाई कार्यक्रममा कलेजका निर्देशकहरू र शिक्षकहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा विद्यार्थीहरूलाई मायाको चिनो प्रदान गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्