सहारा एनिमल केयरको गुनासो–महानगरपालिकाले पारदर्शिता छोप्न भ्रम फैलायो

<span class='c1'>सहारा एनिमल केयरको गुनासो–महानगरपालिकाले</span> <span class='c2'>पारदर्शिता छोप्न भ्रम फैलायो</span>

विराटनगर । सामुदायिक कुकुरको पालनपोषण तथा रेखदेख गर्दै आएको साहारा एनिमल केयर विराटनगर विरुद्ध गलत आरोप लगाउँदै भ्रम फैलाएको गुनासो संस्थापकले गरेका छन् । विराटनगर महानगरपालिकाले आफ्नो संस्था विरुद्ध लगाएको आरोपलाई एकलौटीरुपमा समाचार प्रकाशन गरेको भन्दै पत्रकार सम्मेलन गरेरै गुनासो गरिएको हो ।

साहारा एनिमल केयरले, नेपाल पत्रकार महासंघमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर घटनाको वस्तुस्थिती बारे जानकारी दिएको छ । संस्थापक रश्मी थापाले कुकुर बन्ध्याकरण सहराकै कारण स्थगीत गर्नुपरेको भ्रम सिर्जना गरिएको बताएकी छिन् । तर, गत जेठ ११ गते ५६ वटा कुकुरको बन्ध्याकरण गर्दै उक्त शिविर सम्पन्न भईसकेको अवस्थामा महानगरपालिकाले नै गलत भाष्य निर्माण गरेर सहारा एनिमल केयर विरुद्ध भ्रम फैलाउन केहि सञ्चारमाध्यमलाई प्रयोग गरेको आरोप थापाले लगाएकी छिन् ।

हिमालयन एनिमल रेक्यु ट्रष्टले जेठ ९ गते विराटनगर महानगरपालिकासँगको सहकार्यमा विराटनगर १९ स्थित मिलन चौकमा संचालन गरेको कुकुरको बन्ध्याकारण शिविरमा लापारबाही भएको भन्दै स्थानीयले दिएको सुचनाका आधारमा सहारा एनिमल केयरका प्रतिनिधि पुगेका थिए । त्यसपछि विवाद सिर्जना भएको थियो । उक्त विवाद जेठ १० गते सहमति भएपछि ट्रष्टले सम्झौता अनुसार बन्ध्याकरणको काम सम्पन्न गरिसकेको छ ।

संस्थापक थापाले विराटनगर महानगरका प्रमुख नागेश कोइरालाले स्थानीयको सुचनाका आधारमा त्यहाँ पुग्नुलाई गलत भएको भन्दै हप्कीदप्की गरेको आरोप लगाएकी छिन् । उनले शिविरमा जिम्मेवार निकायले नैतिकता, पारदर्शिता र मानवीय व्यवहार सुनिश्चित गर्नुपर्ने, एकतर्फी, तथ्यहिन र संस्थाको मानहानी गर्ने समाचार प्रकाशन गराउने कार्य रोक्नुपर्ने, समाचार प्रकाशन गर्ने पक्षले पनि दुवैतर्फलाई समेट्नुपर्ने तथा जनावरमाथि हुने हिंसा, अमानवीय व्यवहार वा लापरवाहीपूर्ण कार्य रोक्नुपर्ने माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्