मोरङको कटहरीमा २ अर्बको लगानीमा सामुदायिक अस्पताल संचालनमा आउदै ,प्रधानमन्त्रीले उद्घाटन गर्ने

<span class='c1'>मोरङको कटहरीमा २ अर्बको लगानीमा सामुदायिक</span> <span class='c2'>अस्पताल संचालनमा आउदै ,प्रधानमन्त्रीले उद्घाटन गर्ने</span>

विराटनगर । मोरङको कटहरी २ स्थित हल्दीबारीमा २ अर्ब लगानीमा जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउन्डेसन संचालनमा आउन लागेको छ ।

जीवन विकास संस्थाले आज (सोमबार) अस्पताल परिसरमा पत्रकार सम्मेलन गरी अस्पताल संचालनमा आउने बारे जानकारी दिएको हो । आम नागरिकलाई सहज र सहुलियत दरमा स्वास्थ्य सेवा प्रवाहका लागि २०० बेडको सुविधा सम्पन्न सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउन्डेशनले सेवा प्रवाह सुरु गरेको संस्थाका अध्यक्ष योगेन्द्र मण्डलले जानकारी दिए । अस्पतालको जेठ २४ गते (शनिबार) प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको समेत मण्डलले पत्रकार सम्मेलनमा जानकारी दिए ।

बि.सं २०५४ सालमा स्थापना भएको जीवन विकास समाजले ग्रामीण क्षेत्र तथा विपन्न वर्गको जीवनस्तर उकास्न वित्तीय पहुँच पुर्‍याउनुका साथै शिक्षा, स्वास्थ्य, कृषि र रोजगारी सिर्जनाका लागि निरन्तर सेवा प्रदान गर्दै आइरहेको मण्डलले दाबी गरे ।

जीवन विकास समाजले वि।सं। २०५४ सालमा मोरङको अमाहीबरियातीमा २४ घण्टे क्लिनिक सञ्चालन गरेको थियो । २४ घण्टे क्लिनिकबाट जीवन विकास पब्लिक हेल्थ सेन्टर हुँदै आज अत्याधुनिक सुविधा सम्पन्न अस्पताल सञ्चालनको अवस्थामा आइपुगेको उनले बताए ।

अत्याधुनिक चिकित्सा उपकरण र अनुभवी विशेषज्ञ चिकित्सक मार्फत आकस्मिक सेवा, विशेषज्ञ चिकित्सकहरूबाट दैनिक ओपिडी सेवा, नर्मल तथा पेनलेस डेलिभरी सेवा, जेनेरल तथा दुरबिनबाट सबै किसिमको अप्रेशन सेवा, बालरोग उपचार सेवा, डाइलासिस, आईसियु, एनआईसियु, सिसियु, एचडिसियु लगायत आधुनिक मेसिनबाट सबै किसिमको ल्याब सेवा, नाक कान घाटीको उपचार सेवा, आँखा जाँचलगायत सबै किसिमको सेवा प्रवाह गरिने अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्