विराट स्कूल अफ हस्पिटालिटी म्यानेजमेन्टले सुरु गर्यो नयाँ शैक्षिक सत्र

<span class='c1'>विराट स्कूल अफ हस्पिटालिटी म्यानेजमेन्टले</span> <span class='c2'>सुरु गर्यो नयाँ शैक्षिक सत्र</span>

विराटनगर । विराटनगर-२ मा रहेको होटल व्यवस्थापन र पाकशास्त्र शिक्षाका क्षेत्रमा काम गरिरहेको विराट स्कूल अफ हस्पिटालिटी म्यानेजमेन्ट (BSHM) ले नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्नाको घोषणा गरेको छ।संस्थानले होटल व्यवस्थापनमा डिप्लोमा (DHM) र पाकशास्त्रमा डिप्लोमा (DCA) गरी दुई मुख्य कार्यक्रम सञ्चालन गर्दै आएको छ। यसबाहेक व्यावसायिक सीप विकासका लागि धेरै छोटो अवधिका तालिम कार्यक्रमहरू पनि चलाइरहेको छ।संस्थानका छोटो अवधिका कार्यक्रमहरूमा बार्टेन्डिङ उइथ फ्लेयर, बारिस्टा ट्रेनिङ, बेकरी ट्रेनिङ, फ्रूट कार्भिङ, मिक्स कुकिङ, फ्रन्ट अफिस र हाउसकिपिङ जस्ता विषयहरू पर्छन्। यी कार्यक्रमहरूले विद्यार्थीहरूलाई छोटो समयमै रोजगारीमुखी सीप हासिल गर्न मद्दत गर्ने विराट स्कूल अफ हस्पिटालिटी म्यानेजमेन्टको दाबी छ।विराट स्कूल अफ हस्पिटालिटी म्यानेजमेन्टले आफ्ना स्नातकहरूका लागि रोजगारको ग्यारेन्टी दिने गरेको छ। योग्य उम्मेदवारहरूका लागि १०० प्रतिशत जागिर प्लेसमेन्टको व्यवस्था गरिएको हस्पिटालिटी म्यानेजमेन्टले जनाएको छ। यसका साथै विद्यार्थीहरूलाई स्वदेशमा नै सशुल्क इन्टर्नशिपको अवसर प्रदान गर्ने गरिएको हस्पिटालिटी म्यानेजमेन्ट प्रशासनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्