विराटनगरको ग्राभिटी एकेडेमी : अनुभवी शिक्षकसहित गुणस्तरीय शिक्षाको केन्द्र

<span class='c1'>विराटनगरको ग्राभिटी एकेडेमी : अनुभवी</span> <span class='c2'>शिक्षकसहित गुणस्तरीय शिक्षाको केन्द्र</span>

विराटनगर । विराटनगर १० मा रहेको ग्राभिटी एकेडेमीले +२ र प्रवेश परीक्षाको तयारी कक्षा संचालन गर्दै आएको छ ।

एक दशकभन्दा बढी अनुभव भएका दक्ष शिक्षकहरूले सञ्चालन गरिरहेको यो संस्थाले कोशी प्रदेशका विद्यार्थीहरूको शैक्षिक सपना साकार बनाउने दिशामा महत्वपूर्ण भूमिका खेलिरहेको छ।

एकेडेमीमा भौतिकशास्त्रका जितेन्द्र निराला र निरोज श्रेष्ठ, रसायनशास्त्रका बाबुराम पराजुली र भोला लुइटेल, प्राणिशास्त्रका नारायण रेग्मी र मिलन खरेल, वनस्पतिशास्त्रका केदार लुइटेल तथा गणितका किशोर काफ्ले र बेचन महतोले पूर्णकालीन शिक्षण सेवा दिइरहेका छन्।

यी सबै शिक्षकहरू आ-आफ्ना विषयमा गहिरो ज्ञान र बर्षौंको अनुभव राख्ने व्यक्तित्व हुन्। उनीहरूले विद्यार्थीहरूलाई बुझ्ने गरी सरल र प्रभावकारी तरिकाले पढाउने गरेका छन्।

एकेडेमीले पारम्परिक कक्षाकोठाको साथसाथै डिजिटल माध्यमको भरपूर प्रयोग गरेको छ। साँझको समयमा नियमित अनलाइन QAD (Question, Answer & Discussion) कक्षा सञ्चालन गरी विद्यार्थीहरूलाई घरबाट नै गुणस्तरीय शिक्षा लिने सुविधा उपलब्ध गराएको छ।

साप्ताहिक रूपमा MECEE र IOE को ढाँचामा मोक टेस्ट सञ्चालन गरी विद्यार्थीहरूको तयारी जाँच गरिन्छ। यसले उनीहरूको आत्मविश्वास वृद्धि गर्नुका साथै कमजोर पक्षहरू पहिचान गरी सुधारमा सहयोग पुर्याएको छ।

छात्रवृत्ति र करियर मार्गदर्शन सुविधा

मेधावी तर आर्थिक स्थिति कमजोर भएका विद्यार्थीहरूका लागि छात्रवृत्ति योजना सञ्चालनमा छ।

इन्जिनियरिङ, मेडिकल र अन्य क्षेत्रमा अध्ययनपछि प्राप्त हुने अवसरहरूबारे जानकारी दिन एकेडेमीले नियमित करियर गाइडेन्स सेसन आयोजना गर्छ। यसले विद्यार्थीहरूको मनोबल उच्च राख्नुका साथै उनीहरूलाई सही मार्ग देखाउने काम गरेको छ।

एकेडेमीका संस्थापकहरूका अनुसार उनीहरूको मुख्य उद्देश्य विद्यार्थीहरूलाई केवल पाठ्यक्रम सिकाउनु मात्र नभएर जीवनमा सफल व्यक्तित्व बनाउनु रहेको छ।

"हामी प्रत्येक विद्यार्थीको क्षमता र रुचिअनुसार शिक्षा दिन्छौं। हाम्रो लक्ष्य नेपालका युवाहरूलाई विश्वस्तरीय प्रतिस्पर्धाका लागि तयार पार्नु हो," संचालक बाबुराम पराजुलीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्