विराटनगर । गजलकार भूपाल अधिकारीको गजल संग्रह 'दिव्यदीप' को लोकार्पण गरिएको छ। नोबेल साकोस कोशी प्रदेश शाखाले विराटनगरस्थित दाहाल प्रतिष्ठानको सभाहलमा आयोजना गरेको कार्यक्रममा उक्त कृतिको लोकार्पणसँगै विभिन्न क्षेत्रका आठ जना व्यक्तित्वलाई सम्मान गरिएको छ।
प्राज्ञ गंगा सुवेदीको मुख्य अतिथित्वमा सम्पन्न कार्यक्रममा प्राज्ञ खेम नेपाली, नाट्य अभियन्ता भरत गुरागाई बर्बरिक, डा. छवि वैरागी घिमिरे, नोबेल साकोसका संस्थापक राजन न्यौपाने, चारुविज्ञ डा. देवी पन्थी, संगम अभियानका प्रधान सम्पादक रामबाबु दाहाल, छन्द वाटिकाका अध्यक्ष हरि कट्टेल, लेखक तथा अनुसंधाता केशु विरहीसहितका साहित्यकारहरूको उपस्थिति रहेको थियो।
छन्द वाटिकाका अध्यक्ष हरि कट्टेलले लोकार्पित कृतिमाथि समीक्षा प्रस्तुत गर्दै 'दिव्यदीप' पूर्ण रूपमा बहरमा लेखिएको महत्त्वपूर्ण कृति रहेको बताए। उनले यो गजल संग्रह नेपाली साहित्यमा उल्लेखनीय योगदान पुर्याउने कृति भएको धारणा व्यक्त गरे।
नोबेल साकोस साहित्य संस्था कोशी प्रदेश विराटनगरको वार्षिक उत्सवका अवसरमा नेपाली भाषा, साहित्य, कला तथा पत्रकारिताका क्षेत्रमा योगदान पुर्याउने आठ जना व्यक्तित्वलाई सम्मान गरिएको छ।
विशिष्ट साहित्य सम्मानबाट केशु विरही र शरद प्रधानांग, विशेष साहित्य सम्मानबाट प्रिन्स प्रमोद ढकाल, विशिष्ट कला सम्मानबाट प्रयाग न्यौपाने, सञ्चार सम्मानबाट गोकुल पराजुली र मदन भण्डारी, सामाजिक सम्मानबाट करिम अन्सारी र बालप्रतिभा सम्मानबाट प्रज्ञा कट्टेललाई सम्मान गरिएको छ।
कार्यक्रममा प्रा. डा. हरिहर दाहाल, नेपाल मुक्तक प्रतिष्ठान कोसी प्रदेशका अध्यक्ष बाबुराम पोखरेल, सिर्जनामा इनरुवाका अध्यक्ष लीलानाथ सिलवाल, कण लघुकथा मञ्चका अध्यक्ष दीप मंगाती, स्रष्टाहरू रमेन्द्र कोइराला, शिवनारायण मण्डल सिंगल, पुष्पा सायरा, नानुमैया दाहाल, राधा भट्टराई, उमानाथ घिमिरे, उमानाथ भट्टराई, रोहिणी रसिक लगायतको सहभागिता रहेको थियो।
कार्यक्रमको सांस्कृतिक खण्डमा मञ्जुश्री गिरी, चिरञ्जीवी काफ्ले, किस्मत खतिवडा, प्रिन्स प्रमोद ढकाल, शारदा भट्टराई, मदन भण्डारी, रोहिणी रसिक, मनाहाङ राईले आ-आफ्ना रचनाहरू प्रस्तुत गरे।
संस्थाकी पदाधिकारी शान्ता भट्टराईले उपस्थित स्रष्टाहरूलाई स्वागत गर्दै कार्यक्रमको सफलताप्रति खुशी व्यक्त गरिन्। संस्थाका कोषाध्यक्ष ऋषि तिवारीले शुभकामना मन्तव्य दिए।
हिन्दुस्तान टाइम्सका सम्पादक बरुण मिश्रसहित अन्य पत्रकारहरूको उपस्थिति रहेको कार्यक्रममा विभिन्न साहित्यिक संस्थाका पदाधिकारीहरूले सहभागिता जनाएका थिए।
संस्थाका कोशी प्रदेश अध्यक्ष मञ्जु घिमिरे दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव सुजता राई र सदस्य नवराज पोखरेल 'नवशिला'ले गरेका थिए।