अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीको सालिक अनावरण

<span class='c1'>अन्नपूर्ण आधार शिविरमा प्रथम</span> <span class='c2'>आरोहीको सालिक अनावरण</span>

अन्नपूर्ण आधार शिविर (म्याग्दी) । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको अन्नपूर्ण आधार शिविरमा अन्नपूूर्ण हिमालको प्रथम आरोहण गर्ने टोलीका सदस्यको सालिक स्थापना भएको छ ।

अन्नपूर्ण हिमाल आरोहणको हीरक महोत्सवत्सवका अवसरमा आज अन्नपूर्ण आधार शिविरमा निर्मित सालिकको ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुुजाले अनावरण गर्नुभयो । अन्नपूर्ण गाउँपालिकाले प्रथम आरोहण टोलीको अगुवा फ्रान्सका मौरिज हर्जोग, लुई लचेनल र सोनाम वालुङ शेर्पाको सालिक स्थापना गरेको हो ।

उक्त स्थानमा हालसम्म अन्नपूर्ण हिमाल आरोहण गरेका ५३६ जनाको नामावली उल्लेख गरिएको ताम्रपत्र भएको खुल्ला सङ्ग्रहालय पनि स्थापना भएको छ । नेपालको पर्यटन क्षेत्रको विकास र पर्वतारोहणको शुभारम्भ भई हिमाललाई विश्वभर चिनाउने दिनको सम्झनाका रूपमा आज विविध कार्यक्रम गरी अन्नपूर्ण हीरक महोत्सव मनाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्