मुस्लिम दिदिबहिनीले विराटनगरमा संचालनमा ल्याए एमएस ‘नाईस कलेक्सन’

<span class='c1'>मुस्लिम दिदिबहिनीले विराटनगरमा संचालनमा</span> <span class='c2'>ल्याए एमएस ‘नाईस कलेक्सन’</span>

विराटनगर । विराटनगर सरोचियाका ३ जना मुस्लिम दिदिबहिनीले लेडिज स्पेशल पहिरान र कस्मेटिक आईटमको शोरुम संचालनमा ल्याएका छन् । विराटनगर ६ स्थित रामपुरमा चौकमा रुकैया मुमताज, सुमैया र साब्या मुमताजले मंगलाबार एमएस 'नाईस कलेक्शन'  शोरुमको उद्धघाटन गरी संचालनमा ल्याएका हुन् ।


उपभोक्तालाई उचित मुल्यमा ब्राण्डेड पोशाक र परिधान उपलब्ध गराउने उद्धेश्यसहित शोरुम संचालनमा ल्याईएको संचालिका मध्येकी एक रुकैया मुमताजले बताईन् ।
शोरुममा भारत र चाईनाका साथै पाकिस्तानबाट उच्चस्तरिय ब्राण्डेड लेडिज तथा बालबालिकाका पोशाक उपलब्ध रहने मुमताजले जानकारी दिईन् ।


यसैगरी जुत्ता, चप्पल र गरगहना समेत अन्य महिला विशेष सामाग्री समेत शोरुममा उपलब्ध हुने जनाईएको छ । शोरुममा तिन जना स्थानीयले रोजगारी समेत पाएका छन । शोरुम संचालनमा ल्याईएको अवसरमा दूईदिनकालागि ३० प्रतिशत छुट दिईने शोरुमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्