आन्दोलन फिर्ता भएपछि विराटनगरबाट पनि चल्न थाले सवारी साधन

<span class='c1'>आन्दोलन फिर्ता भएपछि विराटनगरबाट पनि</span> <span class='c2'>चल्न थाले सवारी साधन</span>

विराटनगर । यातायात व्यवसायीहरुको आन्दोलन फिर्ता भएपछि आजदेखि विहानैदेखी सार्वजनिक यातायातका साधन चल्न थालेका छन् । गण्डकी प्रदेश सरकारले ल्याएको राइडसेयरिङ र सेलफ ड्राइभ सम्बन्धी नियमावली एक महिनाका लागि स्थगित गर्ने निर्णय गरेपछि यातायात व्यवसायीहरुले आज विहानैदेखी सार्वजनिक गाडी चलाउन थालेका हुन् ।

राइडसेयरिङ र सेल्फ ड्राइभ सम्बन्धी नियमावलीको विरोधमा यातायात व्यवसायीहरुले गण्डकी प्रदेशमा पाँच दिनदेखि र काठमाडौं उपत्यकासहितका अन्य जिल्लाहरुमा दुई दिनसम्म सार्वजनिक गाडी चलाएका थिएनन् । उनीहरुको सिन्डिकेटलाई साथ दिँदै केन्द्र सरकारका प्रतिनिधिहरुले गण्डकी सरकारले लयाएको नियमावली स्थगितको प्रक्रिया अघि बढाउने सहमतिमा हस्ताक्षर गरेका थिए ।

तर यातायात व्यवसायीहरुले सोमबार मध्यरातिको सहमति पछि पनि मंगलबार गाडी चलाएका थिएनन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मंगलबार दिउँसो गण्डकी प्रदेश सरकारलाई स्थगित गर्न पत्राचार गरेपछि मंगलबार बेलुकी गण्डकी सरकारले नियमावली एक महिनाका लागि स्थगन गर्ने निर्णय गरेको थियो । यता विराटनगरमा पनि दुईदिनदेखी ठप्प रहेका सवारी साधनहरु आज विहानैदेखी चल्न थालेपछि यात्रुहरुलाई सहज हुन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्