आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

<span class='c1'>आज जातीय भेदभाव तथा</span> <span class='c2'>छुवाछुत उन्मुलन राष्ट्रिय दिवस</span>

काठमाडौं । आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस देशभर मनाइँदैछ । प्रत्येक वर्ष जेठ २१ गतेलाई जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसका रुपमा मनाउने गरिन्छ ।

वि.स.२०६३ साल जेठ २१ गतेका दिन नेपाल सरकारले मुलुकलाई ‘जातीय छुवाछुत मुक्त राष्ट्र’ घोषणा गरेको दिनको स्मरणमा प्रत्येक वर्ष जेठ २१ गतेलाई जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसको रूपमा मनाइँदै आएको हो ।

कसैले कुनै पनि व्यक्तिलाई प्रथा, परम्परा, धर्म, संस्कृति, रीतिरिवाज, उत्पत्ति, जात, जाती, वंश, समुदाय, पेसा, व्यवसाय, वा शारीरिक अवस्थाका आधारमा छुवाछुत तथा भेदभाव गर्न नपाउने नेपालको संविधानले सुनिश्चित गरेको छ ।

नेपालको संविधान २०७२ को धारा २४ मा छुवाछुत तथा भेदभाव विरुद्धको हकलाई मौलिक अधिकार सरह सुनिश्चित गरेको छ । यदि छुवाछुत तथा भेदभाव गरिएको ठहर भएमा ३ वर्ष सम्म कैद वा एक हजार देखि २५ हजारसम्म जरिवानाको प्रावधान राखेको छ । यसका साथै राष्ट्रिय दलित आयोगलाई पनि संवैधानिक अङ्ग सरह मान्यता दिइएको छ । जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसका रुपमा आज देशका अधिकांश स्थानीय तहहरुले सार्वजानिक बिदा समेत दिएका छन् ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्