प्रतिनिधिसभा बैठक : सूचना टाँस गरेर स्थगित

<span class='c1'>प्रतिनिधिसभा बैठक : सूचना</span> <span class='c2'>टाँस गरेर स्थगित</span>

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बिहीबारसम्मका लागि स्थगन गरिएको छ ।

आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक दलहरुका बीचमा बैठक सञ्चालनका लागि सहमति नजुटेपछि ३ः१५ का लागि सारिएको थियो । दोस्रोपटक तोकिएको समयमा पनि बैठक बस्न नसकेपछि बिहीबार १ बजे बस्नेगरी सूचना टाँस गरिएको संसद् सचिवालयले जनाएको छ ।

भिजिट भिसा विषयमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै सदनमा प्रतिपक्षी दलहरु नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादीलगायतले प्रतिनिधिसभा बैठक सञ्चालन गर्न दिएका छैनन् । मङ्गलबार पनि प्रतिपक्षी दलहरुले आफ्नो अडान कायमै राखेपछि बैठक आजका लागि सरेको थियो ।

आजको बैठकमा यहि जेठ १५ गते सदनमा प्रस्तुत भएको आगामी आव २०८२/८३ को बजेटमाथि छलफल गर्ने सम्भावित कार्यसूची रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्