राजावादी भेलामा राजेन्द्र लिङदेन नआएपछि होहल्ला

<span class='c1'>राजावादी भेलामा राजेन्द्र</span> <span class='c2'>लिङदेन नआएपछि होहल्ला</span>

काठमाडौं । आज बसेको राजावादीहरुको संयुक्त जनआन्दोलन समितिको बैठक स्थगित भएको छ ।

बुधबार दोस्रो चरणको आन्दोलन तयारीबारे छलफल गर्न बैठक बोलाइएको थियो तर राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन अनुपस्थित भएपछि बैठक स्थगित भएको हो ।

राजावादी मोर्चाको सबैभन्दा ठूलो घटक राप्रपाका अध्यक्ष राजेन्द्र लिङ््देन अनुपस्थित बनेपछि कार्यकर्ताले विरोध गरेका थिए । विरोधकैबीच राप्रपा नेपालका अध्यक्ष कमल थापालाई बोल्न समय दिइएपछि होहल्ला सुरू भयो । त्यसपछि संयुक्त जनआन्दोलन समितिका अध्यक्ष नवराज सुवेदीले आफैँ माइक लिएर सम्बोधन गरे । उनले सानो कमिटी बनाएर आजै नयाँ आन्दोलन कार्यक्रम बनाइने भन्दै भेला स्थगित भएको घोषणा गरे ।

भेला सुरु भएलगत्तै लिङ्देनको कार्यव्यस्तताका कारण आउन नसकेको जानकारी गराइएको थियो । लिङ्देन अहिले संसदमा छन् । कार्यकर्ताहरुले भने यही संसद चाहिने भए आन्दोलन केका लागि भन्दै असन्तुष्टि पोखे । केहि बाहिर रहेका कार्यकर्ताले भने जबसम्म राजा र जनता एकता हुँदैनन् तबसम्म आन्दोलन गरि रहने बताएका छन् । राजाले नै जनताको साथ चाहियो भनेपछि हामी सडकमा आएको बताएका छन् । आन्दोलन समिति ल्याउने भनेर लागेकाले नै गणतन्त्रवादीसँग ल्याउन लागेको केहि कार्यकर्ताले बताएका छन् ।

यसैगरी विनोद कंडेलले आन्दोलनमा भाग लिने प्रति धन्यवाद ज्ञापन गरेका छन् । राप्रपा महामन्त्री राजेन्द्र गुरुङले जुन उदेश्य भित्र हिडेका छौँ त्यसलाई फोकस गर्न पर्ने बताए । उनले एकमत भएर आन्दोलनमा उत्रिन आवश्यक रहेकाले आन्दोदनलाई गन्तव्यमा पुर्याएर मात्र छोड्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्