सापटी मागेर ल्याएको रकम घुस माग्ने सीआरभी केसलियाका इन्चार्ज जिल्ला तानिए

<span class='c1'>सापटी मागेर ल्याएको रकम घुस माग्ने</span> <span class='c2'>सीआरभी केसलियाका इन्चार्ज जिल्ला तानिए</span>

विराटनगर । विराटनगर वडा प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) घुस लिएको आरोपमा जिल्ला प्रहरी कार्यालय तानिएका छन् । सीआरभी केसलियाको इन्चार्ज रहेका असई रामअवतार यादवलाई घुस लिएको आरोपमा जिम्मेवारीबाट हटाएर जिल्ला प्रहरी कार्यालय मोरङमा तानिएको हो ।

उनले रकम बोकेर आईरहेका एक व्यक्तिलाई नियन्त्रणमा लिएर जर्बरजस्ती मुद्दा चलाउने भन्दै गाडीमा दुईघण्टासम्म केरकार गरेपछि १३ हजार लिएको आरोप छ । आरोप लागेपछि उनी विरुद्ध छानविन समेत सुरु भएको छ । मोरङका प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशीले उनले घुस लिएको भन्ने विषय आएपछि आन्तरिक छानविन सुरु गरिएको जानकारी दिए ।

उनको स्थानमा असई शिव प्रधान खटाइएका छन् । आरोपित असई यादवले एकलाख ७५ हजार रुपैँया नगद बोकेर आउँदै गरेका इन्द्रदेव यादवलाई नियन्त्रणमा लिएर बलजफ्ती गरेका थिए । विराटनगर–१८ भेडियारीस्थित आफन्तसँग सापटी लिएर आउँदै गरेको पैसामा असई रामअवतारले आँखा लगाउँदै नियन्त्रणमा लिएर राखेको आरोप छ । राती दुई घण्टासम्म गाडीमा राखेर केशलिया नहरतिर लगेपछि १३ हजार घुस दिएर इन्द्रदेव छुटेका थिए ।

वडा प्रहरी कार्यालयले खटाउने सीआरभीले सुनसरी देवानगञ्जबाट तरकारी लिएर आउने किसानको समेत साइकल रोकेर चेक गर्ने र केहि नपाए काँक्रा समेत लिने गरेको गुनासो आउने गरेको छ । यावद अगाडीका सीआरभी केशलियाका इन्चार्ज रुपेश सिंह समेत नाजायज लाभ लिएको आरोपमा हटाइएका थिए । सिंहलाई हटाएर यादवलाई पठाउँदा समेत उस्तै प्रकृतिको घटना दोहोरिएको हो ।

प्रहरी नायव उपरीक्षक जोशीले घटना सार्वजनिक भएपछि डीएसपी कोपिला चुँडाल नेतृत्वमा छानबिन समिति गठन गरिएको जानकारी दिएका छन् । अहिले विराटनगर वडा प्रहरी कार्यालयको इन्चार्ज अनमोल खड्का रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्