विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ७ कलाबन्जार स्थित ‘ह्युम पाईप’ मा लुकाएर राखेको अवस्थामा मोरङ प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ ।
बुधबार दिउसो कलाबन्जार चोकमा रहेको ह्युम पाईपबाट ३४७.११० केजी गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

गाँजा ओसार पसारमा संलग्न भएको आरोपमा प्रहरीले भारतीय नागरिक ३२ वर्षीय विकासकुमार साहु र मोरङको जहदा गाउँपालिका–५ का ३० वर्षीय राजेशकुमार कामतलाई पक्राउ गरेको छ ।
पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय बेलबारीले अनुसन्धान अघि बढाएको छ ।