काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्यमशीलताको विकासबिना रोजगारीको अवसर सिर्जना नहुने बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित नवप्रवर्तक युवासँग प्रधानमन्त्रीको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकारी जागिर सिमित हुने र एक प्रतिशतले पाउने भन्दै उद्यमशीलताको विकास बाहेक अरु कुनै उपाए नभएको बताए ।
उनले भने, ‘मैले धेरै पहिला देखि भनिरहेको छु अहिले पनि त्यही भन्छु उद्यमशीलताको विकास गर्नुपर्छ । उद्यमशीलताको विकास नगरीकन रोजगारीको अवसर कहाँ बाट आउँछ ? हामीले सरकारी जागिर मात्र खोज्ने हो भने त कहिले एउटा रिटाएर होला र मौका पाउला भनेर बस्नुपर्छ । यो त सिमित हो । एक प्रतिशतले पाउने हो जागिर । त्यसैले उद्यमशीलताको विकास बाहेक अरु कुनै उपाए छैन् ।’ यसको साथै, उनले पूर्वाधारबिना विकास सम्भव नहुने भन्दै पहिला न्यूनतम पूर्वाधारको विकास आवश्यक रहेको बताए ।