सदन अवरोध खोल्न माओवादीले विपक्षी दलसँग छलफल गर्ने

<span class='c1'>सदन अवरोध खोल्न माओवादीले</span> <span class='c2'>विपक्षी दलसँग छलफल गर्ने</span>

काठमाडौँ । नेकपा माओवादी केन्द्रले संसद्को अवरोध हटाउन सत्तापक्ष र विपक्षीसँग छलफल गर्ने भएको छ ।

बिहीबार बसेको माओवादी केन्द्रको केन्द्रीय पदाधिकारी बैठकले संसद् अवरोध खुलाउन पहल गरी सदनमा एउटा छलफलको वातावरण बनाउनुपर्छ भन्ने आजको छलफलको निष्कर्ष निकालेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

उनले भने,‘जिम्मेवार प्रतिपक्षको हिसाबले निकास निकाल्‌न अधिकतम जोड हुनेछ । भिजिट भिसा प्रकरणमा छानबिन अपरिहार्य छ । मुख्य चाँही छानविन हो । व्यक्ति विशेषमा हाम्रो ध्यान छैन् । तर मुख्य कुरा छानबिनकै हो भन्ने छ । अब यसलाई सकारात्मक निष्कर्षमा पुर्याउनुपर्छ भन्ने हिसाबले हिजोको सदन स्थगित भएको हो । सरकारी पक्षका पार्टी र विपक्षी पार्टीसँगग कुराकानी गर्नुपर्ने छ । आज कुराकानी हुन्छ । यो महत्वपूर्ण विषय भएकोले सदनमा एउटा छलफलको वातावरण हुनुपर्छ भन्ने हाम्रो आजको छलफलको निष्कर्ष निकालेको छ ।’

माओवादी केन्द्रले संसदमा गृहमन्त्री रमेश लेखकलाई बोल्‌न दिनुपर्ने पक्षमा रहेको संकेत समेत देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्