विराटनगरको तुलसी सहकारीका अध्यक्ष शर्मा विरुद्ध ६ वर्ष कैद र एकअर्ब ३५ करोड १८ लाख बिगो–जरिवाना

<span class='c1'>विराटनगरको तुलसी सहकारीका अध्यक्ष शर्मा विरुद्ध ६ वर्ष</span> <span class='c2'>कैद र एकअर्ब ३५ करोड १८ लाख बिगो–जरिवाना</span>

विराटनगर । तुलसी बहुमुखी सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मालाई ६ वर्ष कैद र एक अर्ब ३५ करोड १८ लाख ४२ हजार ५३६ रुपैँया बिगो र जरिवाना तोकिएको छ । शर्मासहितसहित तीनजनाविरुद्ध मोरङ जिल्ला अदालतले बिहीबार सजाय तोकेको हो ।

विराटनगर केन्द्रीय कार्यालय रहेको सहकारीका अध्यक्ष शर्मा दोषी ठहर भएका हुन् । मोरङ जिल्ला अदालतकी न्यायाधीश सीता शर्मा अधिकारीको इजलासले अध्यक्ष शर्माविरुद्ध ६ वर्ष कैद सजायको फैसला गरेकी हुन् । शर्मालाई ६९ करोड ५९ लाख २१ हजार २६८ रुपैयाँ बिगो र बिगो बराबरकै रकम जरिवाना पनि माग गरिएको मोरङ जिल्ला अदालतका श्रेस्तेदार मणि पोखरेलले जानकारी दिएका छन् ।

यसैगरी पीडित राहतकोषमा थप २ करोड ७० लाख ३६ हजार ८५० रुपैयाँ जम्मा गर्नपनि शर्मा विरुद्ध आदेश भएको जानकारी दिइएको छ ।
सहकारीका क्षेत्रीय प्रबन्धक मन्दिप खवासलाई २ वर्ष २ महिना कैद सजाय २७ लाख रुपैयाँ बिगो र त्यत्ति नै जरिवाना तोकिएको छ । सहकारी सचिव सविना न्यौपानेलाई २ वर्ष कैद र राहत कोषमा ६ सय रुपैयाँ जम्मा गर्न आदेश भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्