विराटनगर,जेष्ठ २३
सेन्ट जोसेफ सेकन्डरी स्कूल, विराटनगरले वातावरणीय सचेतना अभिवृद्धिको उद्देश्यका साथ आज एक बहुआयामिक कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। “Beat Plastic Pollution” भन्ने मूल नाराका साथ विद्यालयले वृक्षारोपण, र्याली, चित्रकला प्रदर्शनी, वक्तृत्वकला, सडक नाटक तथा प्रतिज्ञा कार्यक्रममार्फत विराटनगरभर वातावरण संरक्षणको सन्देश फैलाएको हो।
कार्यक्रम बिहानै विद्यालय परिसरबाट सुरु भएको र्यालीले हनुमान मन्दिर, गुद्री, महेन्द्र चोक हुँदै महानगर कार्यालय र शहरका विभिन्न मुख्य सडकहरूमा प्लास्टिक प्रदूषणविरुद्ध जनचेतना फैलायो। विद्यार्थी, शिक्षक तथा व्यवस्थापन टोली सहभागी उक्त र्यालीमा वातावरणीय संरक्षण र हरियालीको महत्त्वबारे जनतालाई सचेत गराइएको थियो।
कार्यक्रमका विशेष अतिथि परुल क्षेत्रीले कक्षा १० का विद्यार्थीहरूलाई सम्बोधन गर्दै प्लास्टिक प्रयोगको असर र वातावरण संरक्षणमा युवाहरूको भूमिका उल्लेख गर्नुभयो। उहाँले वृक्षारोपण गर्दै “हरियाली नै जीवन हो” भन्ने सन्देश दिनुभयो।
विद्यालयमा आयोजित विविध कार्यक्रमहरूमा थिमेटिक एसेम्बली जहाँ विद्यार्थीहरूद्वारा वातावरणीय प्रस्तुति गरेका थिए । यस्तै चित्रकला प्रदर्शनी अन्तर्गत विद्यार्थीहरूले बनाएका सचेतनामूलक कला प्रदर्शनी , वृक्षारोपण तथा प्रतिज्ञा कार्यक्रम प्लास्टिक हटाउने र प्रकृति जोगाउने प्रतिबद्धता
, वातावरणीय बहसको रुपमा विद्यार्थीबीच प्लास्टिक प्रदूषण र समाधानबारे विचार विमर्श, भाटभटेनी र सेन्ट्रल मलमा प्लास्टिकविरुद्ध जनचेतनामूलक अभिनय पनि विद्यार्थीहरुले गरेका थिए ।
“Beat Plastic Pollution” भन्ने अभियान आजको विश्वव्यापी समस्या — प्लास्टिक प्रदूषण — विरुद्ध जनचेतना फैलाउने प्रमुख प्रयासको रूपमा अघि बढाइएको थियो।
सिर्फ शैक्षिक क्षेत्रमै नभई वातावरणीय संरक्षणमा पनि अग्रसर सेन्ट जोसेफ स्कुलले विद्यार्थीहरूमा दिगोपन, जिम्मेवारी र प्रकृति प्रतिको सम्मानको भावना विकास गराउँदै हरियाली भविष्य निर्माणतर्फ प्रेरणा दिइरहेको छ।
