संसद्को अवरोध चाँडै हट्ने छ : सञ्चारमन्त्री गुरुङ

<span class='c1'>संसद्को अवरोध चाँडै हट्ने</span> <span class='c2'>छ : सञ्चारमन्त्री गुरुङ</span>

विराटनगर । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रतिनिधिसभाको अवरोध चाँडै हट्ने विश्वास व्यक्त गर्नुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले चालु अधिवेशनबाटै निजामती कर्मचारी ऐन र शिक्षा ऐन जारी हुने जानकारी दिनुभयो । कर्मचारीको गल्तीमा विभागीयमन्त्रीले राजीनामा दिनुपर्ने विषय तर्कसङ्गत नभएको भन्दै उहाँले प्रतिपक्षी दलले प्रतिशोध लिने हिसाबले संसद्मा अवरोध गरिरहेका टिप्पणी गर्नुभयो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनको विषयमा टिप्पणी गर्नु अनुचित हुने भन्दै सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले अख्तियारको दुरुपयोग गर्नेलाई आयोगले छानबिन गर्नु स्वभाविक भएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्