विराटनगर । विराटनगर महानगरपालिका–८ स्थित सिटी रिक्सा चार्जिङ सेन्टरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।
स्थानीयकमलदेव यादबले संचालन गरेको चार्जिङ सेन्टरमा करेन्ट लागेर रंगेली नगरपालिका–६ का ३५ बर्षीय मनोज यादबको मृत्यु भएको हो ।
बिहीबार दिउँसो सवा ३ बजे सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर उनको घटनास्थलमानै मृत्यु भएको थियो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।