जिल्लाबाट नै आमाको नाममा नागरिकता दिने व्यवस्था मिलाऔं : गृहमन्त्री लेखक

<span class='c1'>जिल्लाबाट नै आमाको नाममा नागरिकता दिने</span> <span class='c2'>व्यवस्था मिलाऔं : गृहमन्त्री लेखक</span>

काठमाडौं । गृहमन्त्री रमेश लेखकले जिल्लाबाट नै आमाको नाममा नागरिकता दिनुपर्ने बताएका छन् ।

शुक्रबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सबैखालका नागरिकता जिल्लाले दिइरहेको अवस्थामा आमाको नामबाट दिने नागरिकता पनि जिल्लाले दिनुपर्ने बताएका हुन् ।

‘सबैखालका नागरिकता जिल्लाले दिइरहेको छ भने नेपाली आमाबाट जन्म भइ नेपालमा नै स्थायी बसोवास गरेका बाबुको ठेगाना नभएको अथवा वेपत्ता भएको, अथवा सहयोग नगरेको मानिसलाई किन मन्त्रालयले दिने ? सबै नागरिकता जिल्लाले दिने आमाको नाममा नागरिकता चाहीं मन्त्रालयले दिने भन्ने हुन्न् । यसलाई जिल्लामा पठाउनुपर्छ भन्ने कुरामा म प्रष्ट छु,’ उनले भने ।

उनले आमाको नामबाट सहजरुपमा नागरिकता दिन नियमावली नै संशोधन गरी अगाडि बढ्ने बताए । ‘त्यसका लागि नियमावली नै संशोधन गर्ने कुरामा अगाडि बढेका छौ । नियम नै संशोधन गरेपनि काठमाडौंको मन्त्रालयमा भएका फाइलहरु सबै जिल्लामा पठाउने हो,’ उनले भने ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद् ज्ञानेन्द्र बहादुर शाहीले एनआरएनए नागरिकहरुको नागरिकताले मताधिकार नहुने भन्दै त्यसको औचित्य नभएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्