एमाले गम्भीर सङ्कट पार गरेर अघि बढेको छ : प्रदीप ज्ञवाली

<span class='c1'>एमाले गम्भीर सङ्कट पार गरेर अघि</span> <span class='c2'>बढेको छ : प्रदीप ज्ञवाली</span>

भक्तपुर । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेकपा एमाले अत्यन्तै अप्ठेरो स्थितिलाई पार गरेर अहिलेको अवस्थामा आएको बताएका छन् ।

नेकपा एमाले वाग्मती प्रदेश प्रचार तथा प्रकाशन विभागले भक्तपुरमा आयोजना गरेको प्रचार कार्यशालालाई बुधबार सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले एमालेले निरङ्कुश राजतन्त्रदेखि पार्टी विभाजनसम्मका सबै अप्ठेरा अवस्था पार गरेको बताए । ‘हामी अत्ति अप्ठेरा मोड पार गरेर अहिलेको अवस्थामा आइपुगेको छौं,’ उनले भने ।

ज्ञवालीले विगतका असजिलाको तुलनामा अहिले पार्टी खासै अप्ठेरोमा नभएको बताए । एमाले देशको सबैभन्दा ठुलो पार्टीको रूपमा बनेको, एमाले अध्यक्ष केपी शर्मा ओली देशको प्रधानमन्त्री भएको, सबै प्रदेशमा एमाले सरकारमा रहेको सहज अवस्था अहिले रहेको उनले सुनाए ।

यस्ता अवस्थामा पनि पार्टी माथि भएको आक्रमण सामना गर्न नसक्नु लाचारी हुने उनले सुनाए । अहिलेको सबै खालका चुनौतीको एमालेले सहज सामना गर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्