विराटनगर आँखा (कर्निया) संकलन केन्द्रद्वारा विराट मेडिकलमा आँखादान सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न

<span class='c1'>विराटनगर आँखा (कर्निया) संकलन केन्द्रद्वारा विराट</span> <span class='c2'>मेडिकलमा आँखादान सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न</span>

विराटनगर । विराटनगर आँखा (कर्निया) संकलन केन्द्रले विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा आँखादानको महत्व बारे जनचेतना फैलाउने उद्देश्यले विशेष कार्यक्रमको आयोजना गरेको छ।

कार्यक्रममा मुख्य वक्ताका रूपमा सम्बोधन गर्दै विराटनगर आँखा अस्पतालका नानी प्रत्यारोपण शल्यचिकित्सक डा. मनिष पाण्डेले आँखादानसँग सम्बन्धित विविध पक्षमा विस्तृत जानकारी प्रदान गर्नुभयो। उहाँले आँखादान कसले गर्न सक्छन्, यससँग जोडिएका सामाजिक अवधारणाहरू र यसको महत्व बारे प्रकाश पार्नुभयो।

डा. पाण्डेले मृत्यु पश्चात गरिने यो पुण्य कार्यको महत्वलाई उजागर गर्दै भन्नुभयो, "एक व्यक्तिले दान गरेको आँखाले दुई दृष्टिविहीन व्यक्तिको जीवनमा उज्यालो ल्याउन सक्छ।"

अस्पतालका प्रशासक प्रमुख प्रमेश राज देवकोटाले यो सहकार्यले समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, "आँखादानको सन्देश हामी सबैले बुझ्न र अरुलाई पनि बुझाउन आवश्यक छ। यस अभियानको सुरुवात हामी अस्पतालका कर्मचारीबाट गर्नेछौं।" कार्यक्रमको मुख्य उपलब्धिका रूपमा अस्पतालकी नर्सिङ सुपरिटेन्डेन्ट आयूष्मा शाक्य सहित कुल ३१ जना स्वास्थ्यकर्मीहरूले आँखादानका लागि स्वेच्छिक रूपमा फारम भरेर बुझाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्