विराटनगर । आजदेखि विराटनगरमा उपप्रमुख तथा उपाध्यक्षहरुको २ दिने राष्ट्रिय सम्मेलन सुरु भएको छ । विराटनगरको विरेन्द्रसभागृहमा आजबाट सुरु भएको राष्ट्रिय सम्मेलनको उद्घाटन पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको थियो ।

विराटनगर महानगरपालिकाले आयोजनामा आजबाट सुरु भएको २ दिने सम्मेलन भोली शनिरबार सम्पन्न हुनेछ । कार्यक्रमको उद्घाटन पस्चात प्रमुख अतिथि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले दुईदिने सम्मेलनको सफलतको शुभकामना दिदै मुलुकभरका उप प्रमुख तथा उपाध्यक्षहरुको यो भेलाले राम्रो सन्देश जाने बताउनुभयो ।

साथै स्थानिय तहको हैसियतमा रहेर सविधानद्धारा प्रद्धत अधिकार , जिम्मेवारी र उत्तरदायित्व वहाकको रुपमा विकेन्द्रीकरण गर्ने ठाँउमा रहेकोले महिला नेतृत्वले स्थानिय तहमा खेलिरहेको भुमिकाले समावेसिता जवाफदेहिता लोकतान्त्रिक सु व्यावस्थालाई थप सुदृकरण होस भन्ने कामना व्यक्त गर्नुभयो ।
विकासको सारथि महिला र पुरुष दुवै हुन् भन्ने मान्यतालाई नयाँ राज्य व्यवस्थाले स्थापित गरेको भन्दै उहाले महिलाहरुको औपचारिक प्रतिनिधित्व मात्र पर्याप्त नहुने बरु नेतृत्व र निर्णय क्षमता निरन्तर बढाउँदै लैजानु पर्नेमा भण्डारीले जोड दिनुभयो ।

संविधानले उपप्रमुख तथा उपाध्यक्षहरुलाई क्षेत्राधिकार तोकेका विषयमा अन्तर तह अनुभव साटासाट तथा अझै परिस्कृत कार्यसम्पादनका लागि संवाद गर्न राष्ट्रिय सम्मेलनको आयोजना गरिएको विराटनगर महानगरकी उपमेयर शिल्पा निराला कार्कीले बताउनुभयो ।
सम्मेलनमा ६ वटा महानगर , ११ उपमहानगर , कोशी प्रदेशका १३६, मधेस प्रदेशका ७३, वागमती प्रदेशका ४१ र बाँकी ५ वटा प्रदेशका केही पालिकाका गरी २९१ जना उपप्रमुख र उपाध्यक्षहरुको सहभागिता रहेको छ ।




