काठमाडौं । भ्रष्टाचार मुद्दा दायर भएपछि एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधव कुमार नेपालमाथि भ्रष्टाचारको मुद्दा दर्ता भइ सांसद पद निलम्बनमा परेपछि पार्टीको भावी नेतृत्वमाथि वहस सुरु भएको छ । नेपालको अध्यक्ष पदका सवालमा पार्टीभित्र मन्थन सुरु भएको छ ।
पतन्जलीको जग्गा सट्टापट्टा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विहीबार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि उनको सांसद पद स्वतः निलम्बनमा परेका थियो । नेपालको इतिहासमा पहिलो पटक पूर्वप्रधानमन्त्रीमाथि भ्रष्टाचार मुद्दा दर्ता भएको अर्थात मन्त्रिपरिषद्को निर्णयमाथि पनि भ्रष्टाचारविरुद्धको मुद्दा चलेको पहिलो पटक हो ।
यसरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यक्ष नेपाल विरुद्ध भ्रष्टचार मुद्दा दायर गरेपछि यता सम्मानित नेता झलनाथ खनाल पक्षले आगामी नेतृत्वबारे छलफल सुरु गरेको छ । खनालले विभिन्न संचारमाध्यममा सार्वजनिक रुपमै अभिव्यक्ति, दिएर नेपालको ‘नैतिकता’को प्रश्न उठाएका छन् । अदालतले नेपाललाई सफाइ दिनुपर्ने बताएका खनालले नैतिकताको प्रश्नको जवाफ सम्बन्धित व्यक्तिबाटै आउनुपर्ने धारणा राखेका छन् । खनालको यस्तो अभिव्यक्तिले पार्टीभित्रै मतभेद देखिन थालेको छ । तर नेता नेपाल निकट युवा नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पूर्वाग्रही र प्रतिशोधपूर्ण सोचको उपज भएको प्रतिक्रिया दिएका छन् ।
पोलिटब्युरो सदस्य सुदेश पराजुलीले एकिकृत समाजवादी पार्टी निर्माण भएदेखि नै केपी ओलीले विभिन्नखाले षणयन्त्र गरेर पार्टीलाई सिद्ध्याउनेगरी अघि बढेको आरोप लगाए । ओलीले सत्ताको आडमा षडयन्त्र रचेका कारण मुद्दा दायर भएको उनको दाबी छ । उक्त प्रकरणबारे पार्टीभित्र छलफल गरेर अगाडि बढ्ने उनले बताए । मन्त्रिपरिषद्को कार्यालयले जुन नीतिगत निर्णय गर्छ, त्यो अख्तियार अनुसन्धान आयोगको क्षेत्राधिकार नपर्ने बताए ।
विगतका मान्यताहरुलाई वेवास्ता गर्दै जबरजस्ती ढंगले राजनीतिक प्रतिशोध बाध्नका लागि ओलीले राजनीतिक पूर्वाग्रह र षडयन्त्र रचेको समेत पुष्टि गरे ।
यदी छानबिन नै गर्ने हो भने ओलीको कार्यकालमा सबैभन्दा धेरै भ्रष्टचार हुने गरेको छ । गिरीबन्धु टि स्टेटको जग्गा दुरुपयोगबारे अख्तियार किन बोल्न सक्दैन ?,’ उनको प्रश्न थियो ।
उनले ४६ सालपछिका सबै मन्त्रिपरिषदका निर्णयबारे छानबिन हुनपर्ने माग गरे । उनले छानबिन समिति अलि उच्च स्थरको बनाउनु पर्नेमा ठूला दलका नेता कार्यकर्ताले नै हिच्किचाउने गरेको र रामदेवलाई छानबिन गर्न नसकेको भन्ने कुरामा सत्ता पक्ष नै यसको दोषी रहेको बताए ।
उनले भने ‘हाम्रो पार्टी जुन बेला स्थापना भयो त्यतिबेलादेखि नै ओलीले हाम्रो पार्टीलाई समाप्त गर्नका लागि विभिन्न खालका षडयन्त्र रचिरहेका थिए । अहिले सत्ताको षडयन्त्र रहेचर मुद्दा दायर गरियो । यो एउटा ठूलो षडयन्त्र हो । राजनीतिक पूर्वाग्रह हो । यसलाई हामी प्रतिकार गर्छौ । कानुृनलाई सम्मान गर्छौ तर कानुनी शासनको सधैं पक्षपाती हौं,’ अगाडि भने,‘त्यसैले यी सबै कुरालाई सामना गरेर अगाडि बढ्ने छौ । अख्तियार अनुसन्धान आयोगको क्षेत्राधिकार के हो ? उसको ऐनले के भन्छ ? त्यो कुरा महत्वपूर्ण हुन्छ । त्यसैले मन्त्रिपरिषदको कार्यालयले जुन नीतिगत निर्णय गर्छ, त्यो अख्तियार क्षेत्राधिकार पर्दैन ।’
उनले गिरिबन्धु टी स्टेट जग्गा प्रकरण, गोकर्ण फरेस्ट जग्गा प्रकरण ओलीकै पालामा भएकाले त्यसको छानविन हुनुपर्ने माग राखे । त्यसैले ०४६ साल पछिका मन्त्रिपरिषदका सबै निर्णय छानबिन हुनुपर्ने र उच्चस्तरको समिति बनाउनुपर्ने उनले माग राखे । त्यस्तै केन्द्र्रिय सदस्य संगिता पाख्रिनले जीवित रहेका प्रधानमन्त्री मध्य लेखाजोखा गर्ने हो भने माधव कुमार नेपाल जस्तो सफा नियत भएको मान्छे आजसम्म जन्मन नसकेको चर्चा गरिन् । उनले नेपाल सांसद पदबाट निलम्बित भएपछि पार्टी अध्यक्ष के हुन्छ भन्दापनि योे कसैले फसाइएको हो भन्ने बुझन जरुरी रहेको बताइन् ।
उनले सामाजिक सन्जालदेखि सडकमा चिया पिउने व्यापारीले समेत अध्यक्ष नेपाल निर्दोष रहेको बताउने गरेको जानकारी दिइन् । गणतन्त्रका पक्षमा नेपालले आवाज उठाएका कारण उनलाई बारम्बार प्रहार भइरहेको र फसाउन लागेको दाबी गरिन् । उनले एउटै केशमा बारम्बार मुछिएकाहरु सही र गल्ती नै नभएको मानिस मुछिरहेको बताइन् । उनले ‘क्लिनचिट’ लिएरै छाड्ने जानकारी दिइन् । उनले भनिन् ‘ जिवित रहेका प्रधानमन्त्री मध्य लेखाजोखा गर्ने हो भने माधव कुमार नेपालजस्तो सफा नियत भएको मान्छे आजसम्म जन्मेको छैन । नेपाल सांसद पदबाट निलम्बित भएपछि पार्टी अध्यक्ष के हुन्छ भन्दापनि योे कसैले फसाइएको हो भन्ने बुझन जरुरी छ । सामाजिक सन्जालदेखि सडकमा चिया पिउने व्यापारीले समेत नेपाल निर्दोष रहेको बताँउछन्,’ उनले अगाडि भनिन्,‘प्रधानमन्त्री केपी ओलीले बाल्यकालमा गुच्चा खेलेको व्यक्तिलाई बुढेसकालमा झोकफेर्छ भन्ने कुरा प्रमाणित भएको छ । पार्टी जसरी अगाडि बढ्छ यस्तो षडयन्त्रले केहि हुदैन ।’
पतंजली योगपीठ तथा आयुर्वेद कम्पनीका रामदेव र आचार्य वालकृष्णलाई छानबिन नगरी नेपाललाई मात्र बारम्बार प्रहार भइरहेको उल्लेख गर्दै षडयन्त्रपूर्वक रुपमा पार्टी कार्यालय र घर नै जलाउने गरेको प्रसंग उनले उठाइन् । ‘एउटै केसमा बारम्बार मुछिएकाहरु छुट्टिएका छन् तर गल्ती नै नभएको मानिस मुछिरहेको छ । यसबारे बसेर छलफल गर्ने छौं । क्लिनचिट लिन समय लाग्ला तर लिएरै छाड्छौं । नेपाललाई प्रतिशोधपूर्ण फसाउने प्रयास भएको छ ।’
नेता नेपाललाई मुद्दा दर्ता भएपछि कानुनी परामर्श पनि नेताहरुले लिइरहेका छन् । पार्टी कार्यालय आलोकनगर र नेता नेपालको घर कोटेश्वरमा कार्यकर्ताहरुको भीड बढेको छ ।