विराटनगर । विराटनगर महानगरपालिका–१६ स्थितबाट ईशा योगी शेर्पालाई आगोले जलाई हत्या गरेको घटनाका फरार प्रतिवादी छ वर्षपछि पक्राउ परेका छन् । २०७६ सालमा ५५ बर्षीय एसराज लामाले योगीलाई विराटनगर–१६ मा पेट्रोल खन्याएर आगो लगाईकन फरार भएका थिए ।
घटनाको ६ बर्ष पछि प्रहरीले पक्राउ गर्न सफल भएको हो । जेठ २४ गते विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले फरार प्रतिवादी लामालाई गाउँघरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।
प्रतिवादी लामाले २०७६ साल बैशाख ८ गते झापा अर्जुनधारा नगरपालिका–११ घर भई विराटनगर(१६ स्थितमा बस्दै आएकि २१ बर्षीया ईशा योगी शेर्पाको शरिरमा पेट्रोल खन्याई आगोले जलाई फरार भएका थिए । घाईते शेर्पाको किर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।