हुलाक सेवा विभागलाई प्रगतिमैत्री संस्थामा रूपान्तरण गर्न आवश्यक : मन्त्री गुरुङ

<span class='c1'>हुलाक सेवा विभागलाई प्रगतिमैत्री संस्थामा रूपान्तरण</span> <span class='c2'>गर्न आवश्यक : मन्त्री गुरुङ</span>

विराटनगर । नेपाल सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले हुलाक सेवाको रूपान्तरणबाट अरबौं रुपैयाँ आम्दानी गर्न सकिने सम्भावना रहेको बताएका छन् ।

शनिबार विराटनगरमा आयोजित ‘हुलाक सेवा पुनःसंरचना सम्बन्धी अन्तरक्रिया कार्यक्रम’ लाई सम्बोधन गर्दै मन्त्री गुरुङले प्रविधिमैत्री तथा व्यावसायिक हुलाक सेवा निर्माण आवश्यक रहेको धारणा राखे ।

उनका अनुसार यस्तो सम्भावनालाई मूर्तरूप दिन कानुनी तथा नीतिगत सुधार अपरिहार्य छ । ‘सरकारले आवश्यक परे ऐन, नियम र निर्णयमा समेत सुधार गरेर हुलाक सेवालाई प्रभावकारी बनाउन सक्छ,’ मन्त्री गुरुङले भने ।

मन्त्री गुरुङले हुलाक सेवा विभागलाई प्रगतिमैत्री संस्थामा रूपान्तरण गर्न आवश्यक रहेको उल्लेख गर्दै प्राविधिक दक्ष जनशक्ति विकासमा जोड दिए ।
‘कार्यालयको व्यवस्थापनमा सबै कर्मचारी लाग्नुपर्छ। प्रविधिसँग अभ्यस्त जनशक्ति तयार पारेर संस्थालाई चलायमान बनाउन सकिन्छ,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्