नेपाल अक्वाटिक्स पौडी प्रतियोगितामा विराटनगरका जिग्सन तामाङलाई स्वर्ण पदक

<span class='c1'>नेपाल अक्वाटिक्स पौडी प्रतियोगितामा विराटनगरका</span> <span class='c2'>जिग्सन तामाङलाई स्वर्ण पदक</span>

विराटनगर । नेपाल पौडी संघको आयोजनामा जारी दोस्रो संस्करणको नेपाल अक्वाटिक्स पौडी प्रतियोगितामा विराटनगरका जिग्सन तामाङले स्वर्ण पदक जितेका छन् ।

सातदोबाटो ललितपुरको आउटडोर पौडी पोखरीमा शनिबार भएको स्पर्धामा विराटनगरस्थित एभरेष्ट सेकेन्डरी स्कुल पढ्ने तामाङले स्वर्ण पदक जितेका हुन् ।

उनले ५६ जना प्रतिस्पर्धीलाई उछिन्दै स्वर्ण पदक जितेको प्रशिक्षक ईन्द्रजित राजभण्डारीले जानकारी दिए । प्रशिक्षक राजभण्डारीका अनुसार उनले ५० मिटर फ्रिस्टाइलमा गोल्ड जितेका हुन् । उपत्यकाबाहिरका खेलाडीले यस प्रतियोगितामा स्वर्ण जितेको यो नै पहिलोपटक हो ।

आइतबारसम्म हुने प्रतियोगितामा तीन सय खेलाडीले सहभागिता जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्