विराटनगरका सार्वजानिक सेवा प्रवाहका कार्यालयको सिँढीमा राखिएका भगवानका तस्बिर हटाउन माग

<span class='c1'>विराटनगरका सार्वजानिक सेवा प्रवाहका कार्यालयको सिँढीमा</span> <span class='c2'>राखिएका भगवानका तस्बिर  हटाउन माग</span>

विराटनगर । सार्वजानिक सेवा प्रवाहका कार्यालयहरुका सिँढीका भित्तामा भगवानका तस्वीर टाँसिने प्रचलन बढ्यो । कार्यालयलाई सफा राख्न भगवानका तस्वीर राखेपनि कसै न कसैले पिच्च थुक्ने अनि त्यसपछि थपिदैं जान थाल्यो । जसले कार्यालय त फोहोर भयो, तर धार्मिक रुपमा आस्थावानहरुको मर्म र भावनामा त्यसले झन् चोट पु¥यायो ।

सरकारी सेवा प्रवाहका कार्यालयमा यसरी राखिने भगवानको तस्वीर अब हटाउनु पर्ने माग सुरु भएको छ । सिँढीहरुमा भगवनाको तस्वीर नटास्न विश्व हिन्दु परिषद युवा विभाग, विराटनगरले आफ्ना माग अगाडी सारेको हो । विराटनगरका अधिकांश सरकारी तथा सार्वजनिक स्थानहरुमा जथाभावी कसैले पनि पान गुड्का खाएर नथुकुन र फोहोर नदेखियोस भनेर राखिएका तस्वीरमै थुक्ने र लात्ती लाग्ने गरेको भन्दै अपमान हुन गएकोले यसलाई हटाउनु पर्ने माग परिषद्को छ ।

भगवानका तस्वीर माथी थुक्ने गरेको पाईएपछि विश्व हिन्दु परिषद् युवा विभागद्धारा ध्यानाकर्षण गराउँदै आईतबार युवा परिषदले नेपाल रेडक्रस सोसाईटी विराटनगरको शाखा कार्यालयमा पुगेर यसलाई हटाई दिन माग गरेको छ । देवकोटा चौकस्थित रहेको रेडक्रस भवन तथा प्रादेशिक रक्तसञ्चार सेवा केन्द्र विराटनगरको कार्यालयका सिढीको भित्तामा राखिएका भगवानको तस्वीरमा पान गुड्का खाएर थुकिएको छ । त्यसप्रति परिषदले आपत्ती जनाउँदै तत्काल हटाउन माग गरिएको हो ।

त्यहि विषयलाई लिएर आईतबार नेपाल रेडक्रस सोसाईटी विराटनगरका प्रमुख सुकदेव प्रकास मण्डल, वडा प्रहरी कार्यलय विराटनगरका डिएसपी अनमोल खड्का , हाटखोला प्रहरी चौकीका ईन्चार्ज खड्क राई र विश्व हिन्दु परिषदका पदाधिकारीबीच छलफल भएको छ । विश्व हिन्दु परिषद युवा विभाग महानगरका प्रमुख आलोक साहका अनुसार पटक–पटक कार्यालयलाई ध्यानार्कषण गराउँदा समेत चासो नदिएपछि आफैं हटाउने योजनामा परिषद् थियो । तर, कार्यालयका प्रमुखसँग भएको छलफलबाट त्यसलाई रेडक्रसले नै हटाउने प्रतिवद्धता पाएपछि फर्किएको बताए ।

रेडक्रस सोसाईटीका प्रमुख सुकदेव प्रकाश मण्डलले आफु आउनुभन्दा पहिलेदेखी राखिएका तस्वीर सफा गरेपनि सेवाग्राहीले फोहोर बनाई हाल्ने गरेको गुनासो गरे । उनले अपमान गरेर भगवानका तस्वीर टाँस्नु भन्दा त्यसलाई हटाउने माग बढेकोले त्यहि अनुसार गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्