कार्यकर्तालाई समर्पित बनाउने हो ‘झोले’ होइन् : अध्यक्ष नेपाल

<span class='c1'>कार्यकर्तालाई समर्पित बनाउने हो ‘झोले’</span> <span class='c2'>होइन् : अध्यक्ष नेपाल</span>

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सरकारले आफ्‌ना कार्यकर्तालाई ‘झोले’ बनाएको आरोप लगाएका छन् ।

आज(आइतबार) पार्टी कार्यालय आलोकनगरमा बसेको पार्टीको बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्‌नो कार्यकर्तालाई पार्टीप्रति समर्पित बनाउनुहोस् ,झोले नबनाउँनुहोस् भन्दै सुझाए ।

उनले भने,‘वर्तमान सरकारका तौर तरिकालाई हेर्दा दिक्क लागिरहेको छ । त्यसैले सरकारलाई बेलाबेलामा सुझाव दिइरहेको छौं । सरकार गलत बाटो नहिडोस्, गलत दृष्किोण त्यागोस् । आग्रहपूर्वाग्रह नलियोस् । देश र जनताको कल्याणको निम्ति इमान्दारिताकासाथ लागोस् । आफ्‌नो कार्यकर्तालाई समर्पित बनाउनुहोस् ,झोले नबनाउनुहोस् ।’

त्यस्तै उनले शक्तिशाली सरकार भएर पनि सरकारले आफ्‌नो देशलाई राम्रो बनाउने कुरामा ध्यान नदिएको बताए । उनले भने,‘सरकारले आफ्‌नो देशलाई राम्रो बनाउने कुरामा खोइ ध्यान दिएको ? जबकी यो भन्दा शक्तिशालि सरकार संभवत अर्को बन्न सक्दैन् । सङ्ख्याको हिसाबले, पार्टीको हिसाबले पनि अत्यन्तै ठूलो रहेको सरकार अहिले देशमा हुँदा त्यसले पनि केही गर्न सकेन भने विकासको बारेमा प्रश्न उठाउनु स्वभाविक हो । जनतामा भएको निराशाको फाइदा उठाउन खोज्नु पनि स्वभाविक हुन्छ ।’

त्यस्तै उनले प्रतिस्पर्धाको राजनीतिमा आफूहरु लागिरहेको भन्दै प्रतिस्पर्धाबाट कुनै पनि हालतमा पछि नहट्ने दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्