संघीय सरकार वित्तीय हस्तान्तरणबाट विराटनगर महानगरपालिकालाई एकअर्ब १७ करोड प्राप्त

<span class='c1'>संघीय सरकार वित्तीय हस्तान्तरणबाट विराटनगर</span> <span class='c2'>महानगरपालिकालाई एकअर्ब १७ करोड प्राप्त</span>

विराटनगर । संघीय सरकार अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत विराटनगर महानगरपालिकाले एक अर्ब १७ करोड ६८ लाख रुपैँया बजेट प्राप्त गर्ने भएको छ । आर्थिक वर्ष २०८२÷२०८३ का लागि संघीय सरकारमार्फत प्राप्त हुने अन्तर सरकारी वित्तीय हस्तान्तरणमा महानगरपालिकाले प्राप्त गरेको बजेट हो । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि बजेट बिनियोजन गर्दा यसलाई समेत आधार बनाएर तयार पार्नेछ ।

मोरङमा एक महानगरपालिकासहित १७ स्थानीय तह छन् । १७ स्थानीय तहमा ८ अर्ब ७१ करोड ६५ लाख रुपैँया प्राप्त हुनेछ । त्यसमध्ये मोरङका ८ वटा नगरपालिकाले कुल ४ अर्व ४१ करोड ८९ लाख रुपैयाँ बजेट पाएका हुन् ।
अर्थमन्त्री विष्णु पौडेलले आव २०८२–८३ का लागि १९ खर्व ६४ अर्व ११ करोडको बजेट सार्वजनिक गरेका थिए । मोरङका समग्रमा पालिकामध्ये महानगरपालिकाले सबैभन्दा बढी बजेट पाएपनि नगरपालिकातर्फ सुन्दरहरैंचालाई प्राप्त भएको छ । सुन्दरहरैंचालाई ९७ करोड ३ लाख छ ।

सबैभन्दा कम लेटाङ नगरपालिकाले ३६ करोड ५० लाख बजेट पाएको जनाइएको छ । गाउँपालिकातर्फ ३ अर्ब १२ करोड ८ लाख रुपैयाँ प्राप्त भएको मध्ये सवैभन्दा धेरै बुढीगंगा गाउँपालिकाले ४२ करोड ५३ लाख रुपैयाँ वित्तीय हस्तान्तरण रकम प्राप्त गरेको हो । कानेपोखरी गाउँपालिकाले सवैभन्दा थोरै ३६ करोड ९१ लाख रुपैयाँ प्राप्त गरेको जनाइएको छ ।

संघीय सरकारले अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तरगत प्रदेश तथा स्थानीय तहलाई वित्तीय समानीकरण, विशेष, सशर्त र समपुरक अनुदान प्रदान गर्ने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्