एआईको विकासको लागि एआई नीति २०२५ को तयारी पूरा भएको छ : मन्त्री गुरुङ

<span class='c1'>एआईको विकासको लागि एआई नीति २०२५ को</span> <span class='c2'>तयारी पूरा भएको छ : मन्त्री गुरुङ</span>

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ्ले सरकारले एआईको विकासको लागि एआईको नीति २०२५ को तयारी पूरा गरेको बताएका छन् ।

आज(मंगलबार) काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले एआईको नीति २०२५ को तयारी पूरा भएको र अब मन्त्रिपरिषद्को बैठकबाट पारित हुन मात्र बाँकी रहेको भन्दै उक्त नीतिले नेपालको लागि नैतिक, आदर्श आधार पारिस्थितिक प्रणाली सुनिश्चित गर्ने बताए ।

उनले भने, ‘भविष्य केन्द्रीत र जनताको हितमा काम गर्न नेपालको धारणा एकदमै स्पष्ट छ । सरकारले एआईको विकासको लागि एआईको नीति २०२५ को तयारी पूरा भएको छ र अब मन्त्रिपरिषद्को बैठकबाट पारित हुन मात्र बाँकी छ । नीतिले नेपालको लागि नैतिक, आदर्श आधार पारिस्थितिक प्रणाली सुनिश्चित गर्छ ।’

यस्तै, उनले आइटी र सूचना प्रविधि पारिस्थितिक प्रणालीको निर्माण गर्न हरेक प्रदेशमा आइटी कम्पनी खोलेर आइटी हब बनाउने पनि बताए ।
शिक्षा, स्वास्थ्य, पर्यटक, कृषि, आर्थिक, उद्योग र सरकारलाई पूर्ण रुपान्तरण गर्नको लागि पनि सरकारले पहल गरेको उनको भनाई छ । साथै, उनले कानूनी, भौतिक र प्राविधिक व्यवस्थासहित आइटीलाई पूर्ण चरणका उद्योगको रूपमा स्थापित गर्ने भन्दै डिजिटल नागरिकको लागि भविष्य तयार गर्नको लागि सबै युवाहरुलाई डिजिटल कौशलता विकासको लागि एआइ तालिम वितरण गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्