मोरङ, झापा र उदयपुरबाट लागू औषधसहित ५ जना पक्राउ

<span class='c1'>मोरङ, झापा र उदयपुरबाट लागू</span> <span class='c2'>औषधसहित ५ जना पक्राउ</span>

विराटनगर । मोरङ, झापा र उदयपुरबाट प्रहरीले लागू औषधसहित ५ जनालाई पक्राउ गरेको छ ।

सोमबार बेलुका ६ बजे मोरङको विराटनगर महानगरपालिका १६ हुलासचौक स्थितबाट लागू औषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले कोशी गाँउपालिका-३ बस्ने ३५ वर्षीय श्याम कुमार यादवलाई ब्राउन सुगर १ ग्राम ५१० मिलिग्राम सहित पक्राउ गरिएको छ ।

यस्तै सोमबार राती सँवा ८ बजे झापा भद्रपुर नगरपालिका ४ डाँगीबारी स्थितबाट वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका ४ अनारमनि बस्ने ४२ वर्षीया अन्जु मण्डल र बिर्तामोड नगरपालिका १ सुर्यनगर बस्ने २४ वर्षीय अशारु चौधरीलाई ब्राउन सुगर २ ग्राम ०४० मिलिग्राम सहित पक्राउ गरिएको छ। भने सोमबार बेलुका साँढे ६ बजे उदयपुर त्रियुगा नगरपालिका ११ स्थितबाट जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका १० का २३ वर्षीय रोनिस दाहाल र १८ वर्षीय बसन्त मोतेलाई लागू औषध ट्रामोल ५५ क्पाप्सुल, तत्काल नाम नखुलेको औषध ३२ क्याप्सुल सहित पक्राउ गरिएको छ ।

पक्राउ परेका उनीहरुको घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्